प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • rr पृ. १६६
  • १५क वेश्‍या दिदीबहिनी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • १५क वेश्‍या दिदीबहिनी
  • यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • के तिनीहरूले चर्चजगत्‌लाई पूर्वचित्रण गर्छ?
  • हाम्रो बुझाइमा गरिएका छाँटकाँटहरूको सारांश
    यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
  • “म तेरो वेश्‍यावृत्तिको अन्त गरिदिनेछु”
    यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
  • १६क के यरुसलेमले चर्चजगत्‌लाई चित्रण गर्छ?
    यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
  • मसीहीजगत्‌ले परमेश्‍वर र बाइबललाई धोका दिएका छन्‌
    जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?
यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
rr पृ. १६६
वेश्‍या दिदीबहिनी ओहोलाह र ओहोलिबाह

शिक्षण पेटी १५क

वेश्‍या दिदीबहिनी

इजकिएल अध्याय २३ मा परमेश्‍वरका मानिसहरू विश्‍वासघाती भएकोमा उनीहरूको घोर निन्दा गरिएको छ। इजकिएल अध्याय २३ र अध्याय १६ बीच थुप्रै समानता छन्‌। अध्याय १६ मा जस्तै अध्याय २३ मा पनि वेश्‍याकै उदाहरण चलाइएको छ। उक्‍त उदाहरणमा यरुसलेमलाई बहिनी र सामरियालाई चाहिँ दिदी भनिएको छ। दुवै अध्यायमा बहिनीले पनि कसरी दिदीले जस्तै वेश्‍यावृत्ति गरी र पछि त्यो कसरी दिदीभन्दा पनि भ्रष्ट र अनैतिक भई भनेर बताइएको छ। अध्याय २३ मा यहोवा परमेश्‍वरले ती दुई दिदीबहिनीलाई नाम पनि दिनुभएको छ: दिदीको नाम ओहोलाह, जसले इस्राएलको दस-गोत्रे राज्यको राजधानी सामरियालाई चित्रण गर्छ र बहिनीको नाम ओहोलिबाह, जसले यहुदाको राजधानी यरुसलेमलाई चित्रण गर्छ।a—इज. २३:१-४.

यी दुई अध्यायमा अरू पनि समानता छन्‌। केही रोचक समानता यी हुन्‌: ती स्त्रीहरू सुरुमा त यहोवा परमेश्‍वरका पत्नीहरू थिए तर पछि वेश्‍यावृत्ति गरेर तिनीहरूले उहाँलाई धोका दिए। साथै दुवै अध्यायमा आशा दिने कुराहरू पनि छन्‌। हुनत अध्याय २३ मा परमेश्‍वरका मानिसहरूले छुटकारा पाउने आशाबारे स्पष्टै बताइएको छैन तर यहोवा परमेश्‍वरले अध्याय २३ मा भन्‍नुभएको यो कुरा अध्याय १६ सित मेल खान्छ: “तेरो छाडा काम र तेरो वेश्‍यावृत्तिको म अन्त गरिदिनेछु।”—इज. १६:१६, २०, २१, ३७, ३८, ४१, ४२; २३:४, ११, २२, २३, २७, ३७.

के तिनीहरूले चर्चजगत्‌लाई पूर्वचित्रण गर्छ?

विगतमा हाम्रा प्रकाशनहरूमा दुई दिदीबहिनी ओहोलाह र ओहोलिबाहले क्याथोलिक र प्रोटेस्टेन्ट गरी दुई भागमा विभाजित भएको चर्चजगत्‌लाई पूर्वचित्रण गर्छ भनेर बताइएको थियो। तर यसबारे थप अनुसन्धान र प्रार्थनापूर्वक मनन गर्दा केही प्रश्‍नहरू खडा भएका छन्‌। के चर्चजगत्‌ कहिल्यै कुनै अर्थमा यहोवा परमेश्‍वरकी पत्नी थिई? के त्यो कहिल्यै परमेश्‍वरसित करारमा बाँधिएकी थिई? अहँ, थिइन। येसुले आध्यात्मिक इस्राएलसित “नयाँ करार” बाँध्नुहुँदा चर्चजगत्‌ अस्तित्वमै थिएन अनि चर्चजगत्‌ अभिषिक्‍त ख्रिष्टियनहरू मिलेर बनेको आध्यात्मिक राष्ट्रको भाग पनि कहिल्यै थिएन। (यर्मि. ३१:३१; लुका २२:२०) वास्तवमा चर्चजगत्‌ प्रेषितहरूको मृत्युपछि मात्र अस्तित्वमा आएको थियो। धर्मत्यागी र भ्रष्ट सङ्‌गठनको रूपमा त्यो इस्वी संवत्‌ चौथो शताब्दीमा अस्तित्वमा आयो। त्यो सङ्‌गठन येसुले गहुँ र सामाको उदाहरणमा बताउनुभएको “सामा” अर्थात्‌ नक्कली ख्रिष्टियनहरू मिलेर बनेको थियो।—मत्ति १३:२४-३०.

अर्को ठूलो भिन्‍नता: यहोवा परमेश्‍वरले विश्‍वासघाती यरुसलेम र सामरियालाई छुटकाराको आशा दिनुभएको थियो। (इज. १६:४१, ४२, ५३-५५) के बाइबलले चर्चजगत्‌लाई पनि त्यस्तै आशा दिएको छ? छैन। महान्‌ बेबिलोनका अरू सङ्‌गठनलाई जस्तै चर्चजगत्‌लाई पनि कुनै आशा दिइएको छैन।

त्यसैले ओहोलाह र ओहोलिबाहले चर्चजगत्‌लाई पूर्वचित्रण गर्दैन। तर यी दुई दिदीबहिनीको उदाहरणले हामीलाई यहोवा परमेश्‍वरका मानिसहरू भनी दाबी गर्ने तर उहाँको पवित्र नाममा कलङ्‌क लगाउने र शुद्ध उपासनाको लागि उहाँले तोक्नुभएका स्तरहरू उल्लङ्‌घन गर्ने मानिसहरूप्रति उहाँको भावना बुझ्न मदत गर्छ। यस कुरामा चर्चजगत्‌ सबैभन्दा दोषी छ किनकि चर्चहरूले बाइबलका परमेश्‍वरको प्रतिनिधित्व गरेको दाबी गर्छन्‌। अझ त्यसमाथि तिनीहरू यहोवा परमेश्‍वरको प्रिय छोरा येसु ख्रिष्टलाई नेता मानेको दाबी गर्छन्‌। तर येसुलाई त्रिएकको भाग मानेर अनि ‘यस संसारको नहुन’ उहाँले दिनुभएको स्पष्ट सल्लाह पालन नगरेर आफ्नो दाबीलाई झूटो साबित गर्छन्‌। (युह. १५:१९) मूर्तिपूजामा र राजनैतिक गतिविधिहरूमा सक्रियतासाथ भाग लिएर चर्चजगत्‌ले आफू “महावेश्‍या”-को प्रमुख भाग भएको प्रमाण दिएको छ। (प्रका. १७:१) झूटो धर्मको विश्‍व साम्राज्यले सजाय पाउँदा चर्चजगत्‌ पनि उम्कन सक्नेछैन!

अध्याय १५ को अनुच्छेद १६, १७ मा फर्कनुहोस्‌

a यी नामहरू उल्लेखनीय छन्‌। ओहोलाहको अर्थ हो, “उसको [उपासनाको] पाल।” यो नामले इस्राएलीहरूले यरुसलेममा भएको यहोवा परमेश्‍वरको मन्दिरमा उपासना गर्नुको साटो आफ्नो लागि अरू नै उपासनास्थलहरू बनाएको कुरालाई सङ्‌केत गरेको हुनुपर्छ। अर्कोतर्फ ओहोलिबाहको अर्थ हो, “मेरो [उपासनाको] पाल उसैमा छ।” यहोवाको उपासनास्थल यरुसलेममा थियो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने