प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lff पाठ ६
  • जीवनको सुरुवात कसरी भयो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जीवनको सुरुवात कसरी भयो?
  • सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अझ खोतल्नुहोस्‌
  • सारांश
  • अझ धेरै जान्‍नुहोस्‌
  • बाइबलबाट हामी के थाह पाउन सक्छौँ?
    ब्यूँझनुहोस्‌!—२०२१
  • हाम्रो लागि परमेश्‍वरको उद्देश्‍य के हो?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • छोराछोरीलाई सृष्टिकर्तामाथि अटल विश्‍वास राख्न मदत गर्नुहोस्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • प्रमाणहरू केलाउनुहोस्‌
    ब्यूँझनुहोस्‌!—२०२१
थप हेर्नुहोस्
सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
lff पाठ ६
पाठ ६. घमाइलो दिनमा बिरुवा उम्रिएको छ।

पाठ ०६

जीवनको सुरुवात कसरी भयो?

छापिएको संस्करण
छापिएको संस्करण
छापिएको संस्करण

“जीवनको मूल [परमेश्‍वरसित] छ।” (भजन ३६:९) के तपाईँ यो कुरामा विश्‍वास गर्नुहुन्छ? कसै-कसैको विचारमा जीवन कसैले सृष्टि गरेको होइन बरु आफै सुरु भयो। यदि त्यसो हो भने हाम्रो अस्तित्व केवल एउटा संयोग हो। तर यदि यहोवा परमेश्‍वरले जीवन सृष्टि गर्नुभएको हो भने त्यसको एउटा उद्देश्‍य हुनुपर्छ, होइन र?a जीवनको सुरुवातबारे बाइबलको विवरण विचार गर्नुहोस्‌। साथै त्यो विवरण सही छ भनेर विश्‍वास गर्न सकिने कस्ता ठोस कारणहरू छन्‌, बुझ्नुहोस्‌।

१. ब्रह्‍माण्डको सुरुवात कसरी भयो?

बाइबल भन्छ: “सुरुमा परमेश्‍वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो।” (उत्पत्ति १:१) धेरैजसो वैज्ञानिक ब्रह्‍माण्डको सुरुवात थियो भन्‍ने कुरामा सहमत छन्‌। परमेश्‍वरले ब्रह्‍माण्ड कसरी सृष्टि गर्नुभयो? उहाँले आफ्नो “सक्रिय शक्‍ति” अर्थात्‌ पवित्र शक्‍ति चलाएर ब्रह्‍माण्डका सबै कुरा सृष्टि गर्नुभयो। जस्तै: तारापुञ्जहरू, ताराहरू र ग्रहहरू।—उत्पत्ति १:२.

२. परमेश्‍वरले पृथ्वी किन सृष्टि गर्नुभयो?

यहोवाले “व्यर्थैमा [पृथ्वी] बनाउनुभएन बरु आबाद गर्नको लागि बनाउनुभयो।” (यसैया ४५:१८) उहाँले मानिसको लागि सुन्दर पृथ्वी बनाउनुभयो र तिनीहरूलाई सधैँभरि बाँच्नको लागि चाहिने सबै कुराको प्रबन्ध पनि यहीँ गर्नुभयो। (भजन १२१:२ र यसैया ४२:५ पढ्‌नुहोस्‌।) वैज्ञानिकहरू पृथ्वी विशेष छ र अरू ग्रहभन्दा फरक छ भन्छन्‌। तिनीहरूले मानिसहरूको जीवन धान्‍न चाहिने सबै कुरा भएको अरू कुनै पनि ग्रह भेट्टाएका छैनन्‌।

३. मानिस कसरी जनावरभन्दा फरक छ?

यहोवाले पृथ्वी बनाउनुभएपछि त्यसमा जीवनको सुरुवात गर्नुभयो। सुरुमा उहाँले पृथ्वीमा बोटबिरुवा र जनावर सृष्टि गर्नुभयो। त्यसपछि “परमेश्‍वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो।” (उत्पत्ति १:२७ पढ्‌नुहोस्‌।) मानिस किन अरू जीवजीवातभन्दा फरक छ? परमेश्‍वरले हामीलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभएकोले हामी उहाँका गुणहरू झल्काउन सक्छौँ। जस्तै: प्रेम र न्याय। साथै उहाँले हामीलाई भाषा सिक्ने, कलाको कदर गर्ने र सङ्‌गीतको आनन्द उठाउने क्षमतासहित सृष्टि गर्नुभयो। हामी सृष्टिकर्ताको उपासना पनि गर्न सक्छौँ, जुन काम कुनै पनि जनावरले गर्न सक्दैन।

अझ खोतल्नुहोस्‌

जीवन सृष्टि गरिएको हो अनि सृष्टिसम्बन्धी बाइबलको विवरण चित्तबुझ्दो छ भन्‍ने कुराको प्रमाण विचार गर्नुहोस्‌। मानिसका गुणहरूले परमेश्‍वरबारे के बताउँछ, बुझ्नुहोस्‌।

४. जीवन सृष्टि गरिएको हो

मानिसहरूले प्रकृतिमा भएका डिजाइनहरूको नकल उतार्दा त्यसको श्रेय तिनीहरूले पाउँछन्‌। त्यसोभए प्रकृतिमा भएका डिजाइनहरूको श्रेय कसले पाउनुपर्छ? भिडियो हेर्नुहोस्‌ अनि तल दिइएको प्रश्‍न छलफल गर्नुहोस्‌:

भिडियो: ईश्‍वर छ कि छैन? (२:४२)

  • मानिसहरूले प्रकृतिमा भएका के-कस्ता डिजाइनहरूको नकल उतारेका छन्‌?

हरेक घर कसै न कसैद्वारा डिजाइन र निर्माण गरिएको हुन्छ। तर प्रकृतिमा भएका कुराहरूको डिजाइन र निर्माण कसले गऱ्‍यो? हिब्रू ३:४ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • प्रकृतिमा भएका कस्ता डिजाइनहरू तपाईँलाई मन पर्छ?

  • के तपाईँलाई ब्रह्‍माण्ड र यसमा भएका सबै थोक डिजाइन गरिएको हो भन्‍ने कुरामा विश्‍वास गर्नु तार्किक छ जस्तो लाग्छ? किन?

के तपाईँलाई थाह थियो?

तपाईँले यस विषयमा लेखहरू र भिडियोहरू jw.org/ne को “सृष्टि या संयोग?” र “जीवनको सुरुवातसम्बन्धी धारणा” भन्‍ने शृङ्‌खलाहरूमा पाउनुहुनेछ।

“हो, हरेक घर कसै न कसैद्वारा निर्माण गरिएको हुन्छ तर सबै थोक निर्माण गर्ने त परमेश्‍वर नै हुनुहुन्छ”

गर्मी मौसम भएको ठाउँमा एक जना मानिस बाँसको छाना हाल्दै छन्‌।

५. सृष्टिसम्बन्धी बाइबलको विवरण चित्तबुझ्दो छ

बाइबलको उत्पत्ति अध्याय १ मा पृथ्वीको र पृथ्वीमा जीवनको सुरुवातबारे वर्णन गरिएको छ। के तपाईँ यो विवरणमा विश्‍वास गर्न सक्नुहुन्छ वा के यो एउटा दन्त्यकथा मात्र हो? भिडियो हेर्नुहोस्‌ अनि तल दिइएका प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

भिडियो: के यो ब्रह्‍माण्ड सृष्टि गरिएको थियो?—सानो अंश (३:५१)

चित्रहरूको सँगालो: ‘के यो ब्रह्‍माण्ड सृष्टि गरिएको हो?—सानो अंश’ भिडियोका दृश्‍यहरू। १. पृथ्वीबाट हेर्दा सृष्टिको छ दिन। २. सृष्टिको छैटौँ दिनपछि पृथ्वीमा देखिएको घाम, सुख्खा जमिन, पानी, वनस्पति, चराचुरुङ्‌गी, जीवजन्तु र मानिसहरू।
  • के बाइबलले पृथ्वी र यसमा भएको जीवन २४ घण्टाको ६ दिनमा सृष्टि गरिएको हो भनेर सिकाउँछ?

  • के तपाईँलाई सृष्टिसम्बन्धी बाइबलको विवरण तार्किक र चित्तबुझ्दो छ जस्तो लाग्छ? तपाईँलाई किन त्यस्तो लाग्छ?

उत्पत्ति १:१ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • वैज्ञानिकहरू ब्रह्‍माण्डको सुरुवात थियो भन्छन्‌। तिनीहरूको भनाइ र तपाईँले भर्खरै बाइबलमा पढ्‌नुभएको कुराबीच कस्तो समानता छ?

कसै-कसैलाई परमेश्‍वरले क्रमविकास चलाएर विभिन्‍न जीवजीवात सृष्टि गर्नुभएको हो कि जस्तो लाग्छ। उत्पत्ति १:२१, २५, २७ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • के बाइबलले परमेश्‍वरले सुरुमा एककोषीय जीव बनाउनुभयो अनि त्यो क्रमिक रूपमा विकास हुँदै गएर माछा, स्तनपायी जनावर र मानिस बन्यो भनेर सिकाउँछ? अथवा के उहाँले सुरुमै सबै “जातजातका” जीव सृष्टि गर्नुभयो?b

६. मानिस परमेश्‍वरका अरू सृष्टिभन्दा फरक छ

यहोवाले सृष्टि गर्नुभएका जनावरहरूभन्दा हामी फरक छौँ। उत्पत्ति १:२६ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • हामी परमेश्‍वरको स्वरूपमा सृष्टि गरिएकोले हामीसित प्रेम र दया देखाउने क्षमता छ। यो कुरा विचार गर्दा हामी परमेश्‍वरसित कस्ता गुणहरू छन्‌ भन्‍न सक्छौँ?

कोही-कोही भन्छन्‌: “सृष्टिसम्बन्धी बाइबलको विवरण एउटा दन्त्यकथा मात्र हो।”

  • तपाईँलाई कस्तो लाग्छ? किन?

सारांश

यहोवाले ब्रह्‍माण्ड र सबै जीवजीवात सृष्टि गर्नुभयो।

तपाईँले के सिक्नुभयो?

  • बाइबलले ब्रह्‍माण्डको सुरुवातबारे के सिकाउँछ?

  • परमेश्‍वरले एककोषीय जीवलाई क्रमिक रूपमा विकास हुँदै विभिन्‍न जीवजीवात बन्‍न दिनुभयो कि सुरुमा नै सबै जीवजीवात सृष्टि गर्नुभयो?

  • मानिस किन अरू जीवजीवातभन्दा फरक छ?

लक्ष्य

अझ धेरै जान्‍नुहोस्‌

प्रकृतिमा भएका डिजाइनहरूले सृष्टिकर्ता हुनुहुन्छ भनेर कसरी देखाउँछ, थाह पाउनुहोस्‌।

“प्रकृतिले के सिकाउँछ?”(ब्यूँझनुहोस्‌!, अक्टोबर २००६)

सृष्टिसम्बन्धी बाइबलको विवरणबारे एक जना बुबाले सानो छोरालाई कसरी सिकाउँछन्‌, हेर्नुहोस्‌।

‘यहोवाले नै सबै थोक सृष्टि गर्नुभयो’ (२:३६)

क्रमविकास बाइबलसित मेल खान्छ कि खाँदैन, थाह पाउनुहोस्‌।

“के ईश्‍वरले क्रमविकास चलाएर विभिन्‍न किसिमका जीवजीवात सृष्टि गर्नुभयो?” (jw.org को लेख)

जीवावशेषहरूको प्रमाण वा वैज्ञानिकहरूले गरेका परीक्षणहरूले देखाएअनुसार जीवन सृष्टि गरिएको हो कि यो संयोगले आएको हो, जाँच्नुहोस्‌।

जीवनको सुरुवातबारे पाँच महत्त्वपूर्ण प्रश्‍न (पुस्तिका)

a मानिसहरूको लागि परमेश्‍वरको उद्देश्‍यबारे पाठ २५ मा छलफल गरिनेछ।

b बाइबलमा प्रयोग गरिएको “जातजात [किसिम-किसिम]” शब्दको अर्थ फराकिलो छ र यसले विभिन्‍न प्रकारको जीवजीवातलाई सङ्‌केत गर्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने