वैवाहिक जीवन
विवाहको सुरुवात कसरी भयो?
एक जना ख्रिष्टियनले जीवनसाथीको रूपमा कसलाई रोज्नुपर्छ?
ख्रिष्टियन आमाबुबाले बप्तिस्मा गरेका छोराछोरीको विवाह किन समर्पित र बप्तिस्मा गरेको यहोवाको सेवकसित मात्र गराउनुपर्छ?
सम्बन्धित बाइबल विवरण(हरू):
उत्प २४:१-४, ७—वृद्ध अब्राहामले छोरा इसहाकको विवाह कुनै मूर्तिपूजक कनानी केटीसित नभई यहोवाको उपासकसित गरिदिने निर्णय गरे
उत्प २८:१-४—इसहाकले छोरा याकुबलाई कनानी केटीसित नभई यहोवाको उपासकसित विवाह गर्न निर्देशन दिए
यहोवालाई आफ्ना उपासकहरूले उहाँको सेवा नगर्ने व्यक्तिसित विवाह गर्दा कस्तो लाग्छ?
सम्बन्धित बाइबल विवरण(हरू):
१रा ११:१-६, ९-११—यहोवा राजा सुलेमानसित रिसाउनुभयो किनभने तिनले विदेशी पत्नीसित विवाह नगर्नू भन्ने व्यवस्थाको आज्ञा पालन गरेनन् अनि उनीहरूको बहकाउमा परेर झूटा देवीदेवताको उपासना गरे
नहे १३:२३-२७—नहेम्याहले धार्मिकताको लागि आफ्नो क्रोध प्रकट गर्नुहुने यहोवाको अनुकरण गर्दै अरू राष्ट्रका स्त्रीहरूसित विवाह गर्ने इस्राएली पुरुषहरूलाई अनुशासन दिए र सुधारे
यहोवाका वफादार सेवक र असल नाम कमाएका व्यक्तिलाई जीवनसाथीको रूपमा रोज्नु किन बुद्धिमानी हो?
एफि ५:२८-३१, ३३ पनि हेर्नुहोस्
सम्बन्धित बाइबल विवरण(हरू):
१स २५:२, ३, १४-१७—नाबाल धनी भए तापनि क्रूर र अरूसित नराम्रो व्यवहार गर्ने व्यक्ति भएकोले असल पति बन्न सकेनन्
हित २१:९—हामीले जीवनसाथी रोज्ने सन्दर्भमा सही छनौट गरेनौँ भने हाम्रो वैवाहिक जीवन सुखमय र शान्तिमय हुँदैन
रोमी ७:२—कुनै स्त्रीले विवाह गरेपछि तिनी त्रुटिपूर्ण पतिको अधीनमा बस्नुपर्छ भनेर प्रेषित पावलले बताए; त्यसैले बुद्धिमती स्त्री होसियार भई जीवनसाथी रोज्छिन्
वैवाहिक जीवनको लागि तयारी
विवाह गर्न चाहने पुरुषले पत्नी र बालबच्चाको ख्याल राख्न सक्छु कि सक्दिनँ भनेर किन पहिल्यै विचार गर्नुपर्छ?
सम्बन्धित बाइबल विवरण(हरू):
हित २४:२७—कुनै पुरुष विवाह गर्न र बालबच्चा जन्माउन चाहन्छन् भने तिनले पहिल्यै सबै कुराको बन्दोबस्त मिलाउन कडा मेहनत गर्नुपर्छ
विवाह गर्ने उद्देश्यले भेटघाट गरिरहेका पुरुष र स्त्रीले बाहिरी सौन्दर्यमा मात्र ध्यान दिनुको साटो किन एकअर्कालाई राम्ररी चिन्न प्रयास गर्नुपर्छ र अरूसित सल्लाह माग्नुपर्छ?
सम्बन्धित बाइबल विवरण(हरू):
रुथ २:४-७, १०-१२—रुथ कत्तिको मेहनती छिन्, उनले कस्तो नाम कमाएकी छिन्, उनी आफ्नी सासूसित कस्तो व्यवहार गर्छिन् र यहोवासितको उनको सम्बन्ध कस्तो छ भन्ने कुरा याद गरेर बोअजले उनीबारे धेरै कुरा थाह पाए
रुथ २:८, ९, २०—रुथले बोअजको दयालु व्यवहार, उदारता अनि यहोवाप्रतिको तिनको प्रेम याद गरेर तिनीबारे धेरै कुरा थाह पाइन्
कुनै पुरुष र स्त्री विवाहअघिको भेटघाटको दौडान र मगनीपछि पनि नैतिक रूपमा चोखो रहेको यहोवा किन चाहनुहुन्छ?
सम्बन्धित बाइबल विवरण(हरू):
हित ५:१८, १९—मायाको कुनै-कुनै अभिव्यक्ति विवाहित दम्पतीबीच मात्र सीमित हुनुपर्छ
श्रेष्ठ १:२; २:६—विवाहअघिको भेटघाटको दौडान गोठालो केटा र सुलम्मेनी केटीले यौन उत्तेजना जगाउने तरिकामा नभई चोखो तरिकामा एकअर्काप्रतिको माया व्यक्त गरे
श्रेष्ठ ४:१२; ८:८-१०—सुलम्मेनी केटी चोखो रहिन् र उनले आत्मसंयम देखाइन्; उनी बन्द गरेर राखिएको बगैँचाजस्तै थिइन्
विवाह किन कानुनी रूपमा गरिएको हुनुपर्छ?
पतिको भूमिका
पतिले के-कस्ता महत्त्वपूर्ण जिम्मेवारी पाएका छन्?
शिरत्वको अभ्यास गर्दा परिवारको शिरले कसको उदाहरण अनुकरण गर्नुपर्छ?
पतिले किन पत्नीलाई माया गरेको अनि उनको आवश्यकता र भावना बुझेको महसुस गराउनुपर्छ?
सम्बन्धित बाइबल विवरण(हरू):
उत्प २१:८-१२—यहोवाले अब्राहामलाई आफ्नी पत्नी साराको सुझाव चित्त नबुझे पनि त्यसैअनुसार गर्न निर्देशन दिनुभयो
हित ३१:१०, ११, १६, २८—सुयोग्य पत्नीको पतिले उनीमाथि हैकम जमाउने वा उनको कमीकमजोरी कोट्ट्याउने गर्दैनन् बरु उनलाई भरोसा र प्रशंसा गर्छन्
एफि ५:३३—पत्नीले आफ्नो पतिबाट माया पाएको महसुस गर्नुपर्छ भनेर प्रेषित पावलले लेखे
पत्नीको भूमिका
पत्नीले के-कस्ता महत्त्वपूर्ण जिम्मेवारी पाएकी छिन्?
के पत्नीको भूमिका तुच्छ किसिमको छ?
सम्बन्धित बाइबल विवरण(हरू):
हित १:८; १को ७:४—वैवाहिक र पारिवारिक जीवनमा पत्नी र आमाले यहोवाबाट केही अख्तियार पाएकी हुन्छिन्
१को ११:३—प्रेषित पावलले शिरत्वको प्रबन्धअनुसार यहोवाबाहेक अरू सबै कसै न कसैको अधीनमा बस्नुपर्छ भनेर बताए
हिब्रू १३:७, १७—पुरुष र स्त्री दुवै मण्डलीमा अगुवाइ लिन खटाइएकाहरूको अधीनमा बस्नुपर्छ र तिनीहरूप्रति आज्ञाकारी हुनुपर्छ
विश्वासमा नभएका पतिकी पत्नीले कसरी यहोवालाई खुसी बनाउन सक्छिन्?
ख्रिष्टियन पत्नीले किन पतिको आदर गर्नुपर्छ?
सम्बन्धित बाइबल विवरण(हरू):
उत्प १८:१२; १प ३:५, ६—सारा आफ्नो पतिको गहिरो आदर गर्थिन् र तिनलाई “प्रभु” ठान्थिन्
बाइबलमा कस्ता पत्नीहरूको प्रशंसा गरिएको छ?
सम्बन्धित बाइबल विवरण(हरू):
उत्प २४:६२-६७—आमाको मृत्युले गर्दा शोकमा परेका आफ्ना पति इसहाकलाई रिबेकाले सान्त्वना दिइन्
१स २५:१४-२४, ३२-३८—अबिगेलले दाउदलाई नम्रतापूर्वक बिन्ती गरेर आफ्नो मूर्ख पतिको ज्यान बचाइन् र आफ्नो घरानालाई जोगाइन्
एस्त ४:६-१७; ५:१-८; ७:१-६; ८:३-६—आफ्नो पति राजा अहासुरसले नबोलाए तापनि रानी एस्तर ज्यानको जोखिम मोलेर तिनीकहाँ दुई पटक गइन् किनभने उनी परमेश्वरका सेवकहरूको ज्यान जोगाउन चाहन्थिन्
मतभिन्नता सुल्झाउने
वैवाहिक जीवनमा आइपर्ने समस्याहरू सुल्झाउन पतिपत्नीलाई बाइबलका कस्ता सिद्धान्तहरूले मदत गर्छ?
पैसाप्रति सन्तुलित दृष्टिकोण राख्न पतिपत्नीलाई बाइबलका कस्ता सिद्धान्तहरूले मदत गर्छ?
लुका १२:१५; फिलि ४:५; १ति ६:९, १०; हिब्रू १३:५
“रुपैयाँ-पैसा” पनि हेर्नुहोस्