निराशा
अरूले भरोसा तोड्दा, चित्त दुखाउँदा वा धोका दिँदा हुने निराशा
सम्बन्धित बाइबल विवरण(हरू):
१स ८:१-६—इस्राएलीहरूले राजाको माग गर्दा भविष्यवक्ता समुएलको चित्त दुख्यो र तिनी निराश भए
१स २०:३०-३४—जोनाथनका बुबा राजा साउल रिसले चूर भएर तिनलाई गाली गरे, जसले गर्दा जोनाथन दुःखी भए र अपमानित महसुस गरे
सान्त्वनादायी शास्त्रपदहरू:
हित १९:११; फिलि ४:८ पनि हेर्नुहोस्
सान्त्वनादायी बाइबल विवरण(हरू):
भज ५५:१२-१४, १६-१८, २२—आफ्नो नजिकको साथी अहितोपेलले धोका दिँदा राजा दाउदले आफ्नो सारा भारी यहोवामा बिसाए र उहाँबाट सान्त्वना पाए
२ति ४:१६-१८—प्रेषित पावलको पुर्पक्षको बेला सबैले तिनलाई त्यागे तर तिनले यहोवा र उहाँले दिनुभएको आशाबाट बल पाए
आफ्नो कमीकमजोरी र पापले गर्दा हुने निराशा
सम्बन्धित बाइबल विवरण(हरू):
भज ५१:१-५—राजा दाउद यहोवाविरुद्ध पाप गरेकोमा असाध्यै दुःखी भए
रोमी ७:१९-२४—प्रेषित पावलले आफ्नो त्रुटिपूर्ण झुकावविरुद्ध लड्नुपर्दा लाचार महसुस गरे
सान्त्वनादायी शास्त्रपदहरू:
सान्त्वनादायी बाइबल विवरण(हरू):
१रा ९:२-५—राजा दाउदले केही गम्भीर पाप गरेको भए पनि यहोवाले तिनलाई सत्यनिष्ठ व्यक्तिको रूपमा हेर्नुभयो
१ति १:१२-१६—प्रेषित पावल आफूले विगतमा गम्भीर पापहरू गरेको भए पनि यहोवाको कृपा पाउने कुरामा विश्वस्त थिए
यहोवाका सेवकहरू निराश हुनु किन खतरनाक छ?
यहोवाले हामीलाई निराशासित लड्न मदत गर्नुहुन्छ भन्ने कुरामा किन विश्वस्त हुन सक्छौँ?
भज २३:१-६; ११३:६-८; यसै ४०:११; ४१:१०, १३; २को १:३, ४
सम्बन्धित बाइबल विवरण(हरू):
मत्ति ११:२८-३०—आफ्नो बुबाको व्यक्तित्व हुबहु झल्काउनुभएको येसु दयालु र अरूको लागि स्फूर्तिको स्रोत हुनुहुन्थ्यो
मत्ति १२:१५-२१—येसुले निराश भएकाहरूलाई दयालु व्यवहार गर्नुभएर यसैया ४२:१-४ को भविष्यवाणी पूरा गर्नुभयो
निराशासित लडिरहेकाहरूलाई बाइबलले दिने सान्त्वना
“सान्त्वना” हेर्नुहोस्
हामी किन अरूको लागि प्रोत्साहनको स्रोत बन्ने प्रयास गर्नुपर्छ?
सम्बन्धित बाइबल विवरण(हरू):
गन ३२:६-१५—इस्राएलीहरू यहोवामा भरोसा नगर्ने १० जना जासुसको कुरा सुनेर साह्रै निराश भए र पूरै राष्ट्रले दुःख पायो
२इ १५:१-८—राजा आसाले यहोवाबाट सन्देश पाएपछि साहसी भएर देशबाट मूर्तिहरू हटाए