प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lmd पाठ ५
  • कौशलता अपनाउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कौशलता अपनाउनुहोस्‌
  • मानिसलाई प्रेम गर्नुहोस्‌—चेला बनाउनुहोस्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • पावलले के गरे?
  • हामी पावलबाट के सिक्न सक्छौँ?
  • पावलको अनुकरण गर्नुहोस्‌
  • “परमेश्‍वरलाई खोजून्‌ अनि . . . उहाँलाई भेट्टाऊन्‌”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
  • नम्रता देखाउनुहोस्‌
    मानिसलाई प्रेम गर्नुहोस्‌—चेला बनाउनुहोस्‌
  • तपाईँ खेतलाई कसरी हेर्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • “शिक्षामा ध्यान देऊ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
थप हेर्नुहोस्
मानिसलाई प्रेम गर्नुहोस्‌—चेला बनाउनुहोस्‌
lmd पाठ ५

कुराकानी थाल्नुहोस्‌

प्रेषित पावल एथेन्सवासीहरूसित तर्क गर्दै छन्‌।

प्रेषि. १७:२२, २३

पाठ ५

कौशलता अपनाउनुहोस्‌

सिद्धान्त: “तिमीहरूको बोली सधैँ . . . दयालु होस्‌।”—कल. ४:६.

पावलले के गरे?

प्रेषित पावल एथेन्सवासीहरूसित तर्क गर्दै छन्‌।

भिडियो: पावल एथेन्सवासीहरूलाई साक्षी दिन्छन्‌

१. भिडियो हेर्नुहोस्‌ वा प्रेषित १७:२२, २३ पढ्‌नुहोस्‌। त्यसपछि यी प्रश्‍नहरू विचार गर्नुहोस्‌:

  1. क. एथेन्सवासीहरूले मान्दै आएका झूटा धार्मिक रीतिथितिहरू देख्दा पावलले कस्तो महसुस गरे?—प्रेषित १७:१६ हेर्नुहोस्‌।

  2. ख. पावलले एथेन्सवासीहरूलाई कसरी कौशलतापूर्वक सुसमाचार सुनाए?

हामी पावलबाट के सिक्न सक्छौँ?

२. के भन्‍ने, कसरी भन्‍ने र कहिले भन्‍ने भनेर राम्ररी विचार गऱ्‍यौँ भने मानिसहरूले हाम्रो कुरा सुन्‍न सक्छन्‌।

पावलको अनुकरण गर्नुहोस्‌

३. सोचविचार गरेर शब्द छनौट गर्नुहोस्‌। उदाहरणको लागि, गैर-ख्रिष्टियनहरूसित कुरा गर्दा हामीले बाइबल वा येसुको परिचय फरक तरिकाले दिनुपर्ने हुन सक्छ।

४. अरूलाई सच्याउन हतार नगर्नुहोस्‌। तिनलाई खुलस्त रूपमा आफ्नो कुरा बताउन दिनुहोस्‌। तिनले बाइबलको शिक्षासित मेल नखाने कुनै कुरा बताउँदा तिनीसित वादविवाद नगर्नुहोस्‌। (याकु. १:१९) तिनको कुरा ध्यान दिएर सुन्‍नुभयो भने तिनी कुन कुरामा विश्‍वास गर्छन्‌ र तिनले त्यस्तो विश्‍वास गर्नुको कारण के हो भनेर थाह पाउन सक्नुहुनेछ।—हितो. २०:५.

५. सहमत हुन सकिने कुरा पत्ता लगाउनुहोस्‌ र तिनको प्रशंसा गर्नुहोस्‌। तिनलाई आफ्नो धार्मिक विश्‍वास नै सही हो जस्तो लागेको हुन सक्छ। त्यसैले दुवै जना सहमत हुन सकिने कुरा पत्ता लगाउनुहोस्‌ अनि तिनलाई बिस्तारै बाइबलको शिक्षा बुझ्न मदत दिनुहोस्‌।

यी पदहरू पनि हेर्नुहोस्‌:

हितो. २५:१५; २ तिमो. २:२३-२६; १ पत्रु. ३:१५

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने