प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 १२/१ पृ. ३
  • आरमागेडोन संसारकै पूर्णविनाश हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आरमागेडोन संसारकै पूर्णविनाश हो?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • मिल्दोजुल्दो सामग्री
  • संसारको अन्त यसबारे मानिसहरू के भन्छन्‌?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • आरमागेडोनको युद्ध भनेको के हो?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • बाइबल के भन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • आरमागेडोन उज्ज्वल भविष्यको थालनी
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 १२/१ पृ. ३

आरमागेडोन संसारकै पूर्णविनाश हो?

आरमागेडोन! के यो शब्द सुन्‍नासाथ आमविनाश वा ब्रह्‍माण्ड भस्म भएको दृश्‍य आँखा अगाडि नाच्न थाल्छ? आजकल “आरमागेडोन” शब्द थुप्रै देशका मानिसहरूको जिब्रोमै झुन्डिएको छ। यत्तिका चल्तीमा आएको बाइबलका अरू शब्द त कमै होला। आरमागेडोनलाई अँध्यारो भविष्य भनेर व्यापक रूपमा चिनाइएको छ। चलचित्र, टेलिभिजन र भिडियोले पनि यसको अर्कै चित्र मानिसहरूको दिमागमा कोरिदिएको छ! यही कारण मानिसहरू “आरमागेडोन” भनेको डरलाग्दो घटना भन्ठान्छन्‌। हो, यसको गलत अर्थ लगाइएको छ। अर्थ नै ओझेलमा परेको छ। खासमा, आरमागेडोन शब्दको स्रोत बाइबल हो। यसको सही अर्थ बाइबलमा मात्र खुलाइएको छ। त्यसैले, आरमागेडोनबारे भनिएका प्रायजसो धारणाहरू बाइबलसित पटक्कै मेल खाँदैन।

बाइबलले आरमागेडोनलाई “जगत्‌को अन्त[सित]” जोडेको छ। त्यसैकारण, यसको अर्थ राम्ररी बुझ्नु खाँचो छ। होइन त? (मत्ती २४:३) आरमागेडोन के हो? यसले तपाईं र तपाईंका परिवारको लागि के माने राख्छ? यी प्रश्‍नको सही जवाफ दिने एक मात्र स्रोत परमेश्‍वरको वचन हो। त्यसैले, यसमा खोतलेर जाँच्नु मनासिब होइन र?

यसरी बाइबल खोतलेर हेर्दा, आरमागेडोन संसारको पूर्ण विनाश होइन भन्‍ने थाह लाग्नेछ। यसले त धार्मिक नयाँ संसारमा बस्न, फुल्न र फल्न चाहनेहरूका लागि उज्वल भविष्यको थालनी गर्नेछ। यस पछिको लेखमा आरमागेडोनको सही अर्थ केलाइएको छ। त्यो लेख पढ्‌नुहुँदा आरमागेडोनबारे बाइबलमा बताइएको महत्त्वपूर्ण सच्चाइ राम्ररी बुझ्नुहुनेछ।

[पृष्ठ ३-मा भएको पेटी/चित्र]

आरमागेडोन के हो?

• आणविक विपत्ति

• पर्यावरणीय प्रकोप

• पृथ्वीसित आकाशीय पिण्ड ठोकिने

• दुष्टहरूमाथि ईश्‍वरीय विनाश

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने