प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w08 ५/१ पृ. ७
  • आरमागेडोनको युद्ध कहाँ लडिनेछ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आरमागेडोनको युद्ध कहाँ लडिनेछ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • मिल्दोजुल्दो सामग्री
  • के आरमागेडोनको युद्ध इजरायलमा सुरु हुनेछ?—यसबारे बाइबल के भन्छ?
    थप लेखहरू
  • आरमागेडोनको युद्ध भनेको के हो?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • आरमागेडोन उज्ज्वल भविष्यको थालनी
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • आरमागेडोन सबै युद्ध अन्त गर्ने परमेश्‍वरको युद्ध
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
w08 ५/१ पृ. ७

हाम्रा पाठकहरू सोध्छन्‌

आरमागेडोनको युद्ध कहाँ लडिनेछ?

आरमागेडोनको युद्ध कुनै एउटा खास युद्धभूमिमा लडिनेछैन। बरु, पूरै पृथ्वी नै युद्धभूमि हुनेछ। किन? किनभने दुई शत्रु पक्ष यति विशाल छन्‌ कि तिनीहरूलाई कुनै एउटा ठाउँमा सीमित पार्न सकिंदैन।

आरमागेडोन अर्थात्‌ हार-मागेडोनलाई “सर्वशक्‍तिमान परमेश्‍वरको ठूलो दिनको लडाइँ” पनि भनिन्छ। यस संसारका दुष्ट शासकहरूका संयुक्‍त दल विरुद्ध युद्ध गर्नको लागि स्वर्गीय फौज एकत्रित गर्न यहोवा परमेश्‍वरले आफ्ना पुत्र येशू ख्रीष्टलाई चलाउनुहुनेछ।—प्रकाश १६:१४; १९:११-१६.

युद्धमा सलंग्न हुन राष्ट्रहरूलाई कुनै न कुनै तरिकामा शैतानको शक्‍तिले खिचिरहेको हुन्छ। “भूतहरूका आत्मा” ‘पृथ्वीका जम्मै राजाहरूलाई जम्मा गर्न हिब्रू भाषामा आर-मागेडोन भन्‍ने ठाउँमा’ गए भनी बाइबल बताउँछ।—प्रकाश १६:१४-१६.

प्रकाशको पुस्तकले जति अरू कुनै पनि बाइबल पुस्तकले थुप्रै बाइबल पाठकहरूको कल्पना-शक्‍तिलाई जगाएको छैन। प्रकाशको पुस्तकमा भएको कुरालाई शाब्दिक रूपमा लिनुपर्छ भन्‍ने पाठकहरूले आरमागेडोनको युद्ध कुनै खास ठाउँमा हुनेछ भनेर तोकेरै बताएका छन्‌ र त्यहाँ कुनै घटना घट्‌दा चिन्तित भई ध्यान दिन्छन्‌। आरमागेडोन वास्तविक ठाउँमा हुन्छ भन्‍ने राय प्रकाशको किताबबारे इस्वी संवत्‌ छैटौं शताब्दीमा ओकोनोमुसले लेखेको सबैभन्दा पुरानो ग्रीक लेखमा पाइन्छ।

कट्टरपन्थी पादरीहरूमाझ लोकप्रिय विचारधारालाई व्यक्‍त गर्दै डालास थियोलोजिकल सेमिनरीका भूतपूर्व अध्यक्ष जोन एफ. वालभुर्डले आरमागेडोन भनेको “संसारमा प्रभुत्वको लागि लडिने अन्तिम घातक युद्ध हो जुन मध्यपूर्वमा केन्द्रित हुनेछ” भने। वालभुर्डले यो महा भिडन्त “ ‘मगीद्दोको पर्वतमा’ हुन्छ” भने र “यो सानो पर्वत उत्तरी प्यालेस्टाइनको फराकिलो उपत्यकाको पुछारमा पर्छ।”

जेहोस्‌ प्रकाशको पुस्तक, आरमागेडोन साँच्चैको ठाउँ हो भनेर चिनाउने रोड म्याप भने पक्कै होइन। वास्तवमा भन्‍ने हो भने मूल ग्रीक भाषामा यस किताबको सुरुको पदमा यी विवरण चिह्नहरूमा प्रस्तुत गरिएका छन्‌ भनी बताइएको छ। (प्रकाश १:१) यहोवाका साक्षीहरूले धेरै पहिला नै उनीहरूको प्रकाशन स्टडीज इन द स्क्रिप्चर्स, खण्ड ४ मा यस्तो भनेका थिए: “मगिद्दोको पर्वतमा मानिसहरू शाब्दिक रूपमा जम्मा हुन्छन्‌ भन्‍ने कुरामा हामीले आशा राख्नुहुँदैन।”

प्राचीन मगिद्दोले एउटा यस्तो अवस्था वा परिस्थितिलाई बुझाउँछ जहाँबाट परमेश्‍वरका शत्रुहरू उम्कनै सक्दैन थिए। त्यसैले आरमागेडोनमा परमेश्‍वरले सबै भ्रष्टता र दुष्टता अवश्‍य हटाउनुहुनेछ, चाहे त्यो पृथ्वीको कुनै पनि कुनामा किन नहोस्‌ त्यसको अस्तित्व नामेट हुनेछ।—प्रकाश २१:८.

यहोवा परमेश्‍वर र उहाँका पुत्र येशू ख्रीष्टलाई प्रेम गर्नेहरू आरमागेडोनसँग डराउनुपर्दैन। परमेश्‍वरको युद्ध त्यस्तो मानिस विरुद्ध हो जसलाई उहाँले परिवर्तन नै गर्न नसकिने गरी दुष्ट ठहराउनुहुन्छ। उहाँले युद्धमा छनौट गरेर नाश गर्नुहुनेछ। “भक्‍तहरूलाई . . . बचाउन . . . प्रभु [अर्थात्‌ यहोवा] जान्‍नुहुन्छ” भनेर बाइबल बताउँछ। (२ पत्रुस २:९) भजन ३७:३४ मा यस्तो हृदयस्पर्शी प्रतिज्ञा गरिएको छ: “परमप्रभुको बाटो हेर्‌, उहाँकै मार्गमा हिंड्‌, र उहाँले तँलाई देश अधिकार गर्न बढाउनुहुनेछ, दुष्टहरू नष्ट भएर जाँदा तैंले त्यो देख्नेछस्‌।” (w08 4/1)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने