प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w10 १२/१ पृ. ६
  • कृतज्ञ हुनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कृतज्ञ हुनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • मिल्दोजुल्दो सामग्री
  • हामीले किन कृतज्ञता व्यक्‍त गर्नुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • यहोवा हाम्रो कदर गर्ने परमेश्‍वर हुनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • यहोवालाई धन्यवाद चढाउनुहोस्‌ र आशिष्‌ पाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • तेल-खजूर—बहुउद्देश्‍यीय रूख
    ब्यूँझनुहोस्‌!—१९९९
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
w10 १२/१ पृ. ६

तेस्रो रहस्य

कृतज्ञ हुनुहोस्‌

बाइबलले के सिकाउँछ? “सबै कुरामा धन्यवाद गर।”—१ थिस्सलोनिकी ५:१८.

चुनौती के हो? हामी वरपरका मानिसहरू हठी अनि कृतघ्न भएकाले हामीमा पनि त्यस्तै दुर्गुणहरू सर्न सक्छ। (२ तिमोथी ३:१, २) अनि आफ्नो जीवन साह्रै व्यस्त भए तापनि अझ तीनथुप्रो कामकुरा भ्याउन दौडधूप गर्न खोज्छौं होला। हामी समस्याहरूको बोझले यतिबिघ्न दबिन वा आफ्नै इच्छा पूरा गर्न यत्ति तल्लीन हुन सक्छौं कि आफूसित भएका कुराहरूको मोल गर्न वा अरूले हाम्रो लागि गरिदिने कुराको लागि धन्यवाद व्यक्‍त गर्न समेत समय नपाउन सक्छौं।

तपाईं के गर्न सक्नुहुन्छ? आफूसित भएका असल कुराहरूमा मनन गर्न समय निकाल्नुहोस्‌। समस्याहरूले गर्दा तपाईं हताश हुनुहुन्छ होला। तर राजा दाऊदको उदाहरण विचार गर्नुहोस्‌। परीक्षाहरूले गर्दा तिनले कहिलेकाहीं दबिएको अनि दिक्क महसुस गरे। त्यसोभए तापनि तिनले परमेश्‍वरलाई यसरी प्रार्थना गरे: “म तपाईंका सारा कार्यहरूमा ध्यान लगाउँछु। म तपाईंका हातको काममा विचार गर्छु।” (भजन १४३:३-५) परीक्षाहरूको बाबजुद दाऊदले कृतज्ञता देखाउन छोडेनन्‌ अनि तिनी सन्तुष्ट रहे।

अरूले तपाईंलाई मदत दिन के-कस्ता प्रयास गरेका छन्‌, त्यसबारे सोच्नुहोस्‌ अनि त्यस्तो प्रयास गरेकोमा तिनीहरूप्रति कृतज्ञता व्यक्‍त गर्नुहोस्‌। यस सन्दर्भमा येशूले उल्लेखनीय उदाहरण बसाल्नुभयो। एकचोटि उहाँको साथी मरियमले उहाँको शिर अनि पाउमा महँगो तेल खन्याइदिंदा कसै-कसैले सोधे: “यो मलहमको नोक्सानी किन भएको हो?”a ती आलोचना गर्नेहरूको विचारमा त्यो तेल बेचेर त्यसबाट आएको पैसा गरिबहरूलाई बाँड्‌नुपर्थ्यो। तर येशूले जवाफ दिनुभयो: “भइगयो नि, त्यसलाई किन दुःख दिइरहेछौ?” उहाँले अझ यसो भन्‍नुभयो: “त्यसले जे गर्न सक्थी त्यही गरेकी छ।” (मर्कूस १४:३-८; यूहन्‍ना १२:३) मरियमले के गरिनन्‌, त्यसमा होइन बरु तिनले के गरिन्‌, त्यसमा ध्यान केन्द्रित गरेर येशूले कृतज्ञता व्यक्‍त गर्नुभयो।

कसै-कसैले आफ्नो परिवार, साथीहरू वा अरू आशिष्‌हरू गुमाइसकेपछि मात्र तिनको कदर गर्छन्‌। अहिले आनन्द उठाइरहेका असल कुराहरूबारे सोच्नुभयो भने आफूसित भएका कुराहरू गुमाउनुपर्दाको पीडा भोग्नुपर्नेछैन! तपाईं कुन-कुन कुराको लागि कृतज्ञ हुनुहुन्छ, त्यसबारे मनमनै सोच्नु वा लेखेरै राख्नुभए कसो होला?

“हरेक असल दान” परमेश्‍वरबाट आउने भएकोले हामीले प्रार्थनामा आफ्नो कृतज्ञता व्यक्‍त गर्नु बेस हो। (याकूब १:१७) नियमित रूपमा यस्तो प्रार्थना गऱ्‍यौं भने कृतज्ञ भइरहन अनि सन्तुष्ट हुने प्रयास गर्न मदत पाउनेछौं।—फिलिप्पी ४:६, ७. ( w10 -E 11/01)

[फुटनोट]

a प्रथम शताब्दीमा पाहुनाको शिरमा तेल खन्याउनु भनेको अतिथि सत्कार गरेको देखाउनु थियो अनि पाउमा तेल खन्याउनुको मतलबचाहिं नम्रता देखाउनु थियो।

[पृष्ठ ६-मा भएको चित्र]

अरूले तपाईंको लागि गरिदिने कुराको लागि के तपाईं कृतज्ञता व्यक्‍त गर्नुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने