प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp19 सङ्‌ख्या १ पृ. १५
  • साँचो ईश्‍वरलाई चिन्दा कस्तो फाइदा हुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • साँचो ईश्‍वरलाई चिन्दा कस्तो फाइदा हुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा परमेश्‍वरसित नजिक हुनुहोस्‌
    बाइबलले हामीलाई के सिकाउँछ?
  • तपाईंले परमेश्‍वरजस्तो असल मित्र पाउन सक्नुहुन्‍न
    तपाईं परमेश्‍वरको मित्र हुन सक्नुहुन्छ!
  • जीवन जिउने सर्वोत्तम मार्ग
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • “परमेश्‍वरको नजिक जानु उत्तम छ”!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
wp19 सङ्‌ख्या १ पृ. १५
मानिसहरू प्रमोदवनमा आनन्दित हुँदै

साँचो ईश्‍वरलाई चिन्दा कस्तो फाइदा हुन्छ?

यस अङ्‌कको शृङ्‌खलाबद्ध लेखहरूबाट हामीले साँचो ईश्‍वर को हुनुहुन्छ भन्‍ने प्रश्‍नको जवाफ पायौँ। सुरुमा हामीले बाइबलबाट उहाँको नाम यहोवा हो अनि उहाँको मुख्य गुण प्रेम हो भनेर थाह पायौँ। साथै उहाँले के गर्नुभएको छ र भविष्यमा मानिसजातिको फाइदाको लागि के गर्नुहुनेछ भनेर छलफल गऱ्‍यौँ। हुनत उहाँबारे सिक्नुपर्ने कुरा थुप्रै छ। तर तपाईँलाई लाग्ला, उहाँलाई चिनेर के फाइदा हुन्छ?

यहोवाले ‘उहाँको खोजी गऱ्‍यौ भने उहाँलाई भेट्टाउनेछौँ’ भन्‍नुभएको छ। (१ इतिहास २८:९) साँचो ईश्‍वर यहोवाको खोजी गऱ्‍यौँ र उहाँलाई चिन्यौँ भने हामी “उहाँको घनिष्ठ मित्र बन्‍न” सक्नेछौँ। कत्ति ठूलो आशिष्‌! (भजन २५:१४) यस्तो मित्रताबाट कस्तो लाभ उठाउन सकिन्छ?

साँचो आनन्द। यहोवा “आनन्दित परमेश्‍वर” हुनुहुन्छ। (१ तिमोथि १:११) उहाँसित घनिष्ठ हुँदा र उहाँको मार्गमा हिँड्‌दा साँचो आनन्द पाउन सक्छौँ, जसले गर्दा हामीलाई भावनात्मक, मानसिक र शारीरिक रूपमा फाइदा हुन्छ। (भजन ३३:१२) साथै हामीले नराम्रो जीवनशैली त्यागेर, स्वस्थकर बानी विकास गरेर अनि अरूसित राम्रो सम्बन्ध कायम राखेर जीवन सुखमय बनाउन सक्छौँ। भजनरचयिताले व्यक्‍त गरेको यो कुरासित तपाईँ पनि सहमत हुनुहुनेछ: “मेरो लागि भने परमेश्‍वरको नजिक जानु उत्तम छ।”—भजन ७३:२८.

व्यक्‍तिगत चासो। यहोवाले आफ्ना सेवकहरूसित यस्तो वाचा गर्नुभएको छ: “तिमीमाथि नजर राखेर म तिमीलाई सल्लाह दिनेछु।” (भजन ३२:८) त्यसको मतलब यहोवा आफ्नो हरेक सेवकको ख्याल राख्नुहुन्छ र उसलाई जे आवश्‍यक छ, त्यो दिनुहुन्छ। (भजन १३९:१, २) उहाँसित राम्रो सम्बन्ध विकास गर्नुभयो भने उहाँ सधैँ तपाईँलाई मदत गर्न तयार हुनुहुन्छ।

उज्ज्वल भविष्य। यहोवाले तपाईँलाई अहिल्यै जीवन सुखमय र सन्तोषजनक बनाउन मदत गर्नुहुन्छ। त्यसको साथै उज्ज्वल भविष्यको आशा दिनुहुन्छ। (यसैया ४८:१७, १८) बाइबल भन्छ: “अनन्त जीवन पाउन तिनीहरूले तपाईँ एक मात्र साँचो परमेश्‍वरलाई अनि तपाईँले पठाउनुभएको येसु ख्रिष्टलाई चिन्‍नुपर्छ।” (युहन्‍ना १७:३) यहोवाले दिनुभएको यो आशा पानीजहाजको लङ्‌गरजस्तै हो जसले हामीलाई गाह्रो समयमा पनि “पक्का र अटल” हुन मदत गर्छ।—हिब्रू ६:१९.

साँचो ईश्‍वरलाई चिन्‍नु र उहाँसित सम्बन्ध गाँस्नुको महत्त्वपूर्ण कारणहरूमध्ये यी केही मात्र हुन्‌। थप जानकारीको लागि तपाईँ यहोवाको साक्षीसित कुरा गर्न सक्नुहुन्छ वा हाम्रो वेबसाइट jw.org/ne हेर्न सक्नुहुन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने