ईश्वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति
निम्न प्रश्नहरू जून २५, २०१२ मा सुरु हुने हप्ताको ईश्वरतान्त्रिक सेवा स्कूलमा छलफल गरिनेछ। हरेक हप्ता स्कूलको तयारी गर्दा अनुसन्धान गर्न सकियोस् भनेर प्रत्येक बुँदा कुन दिन छलफल गरिन्छ, मिति पनि दिइएको छ।
१. आर्थिक कठिनाइको समयमा यर्मिया सम्हालिएको कुराबाट हामी कस्तो आश्वासन पाउँछौं? (यर्मि. ३७:२१) [मे ७, w९७ ९/१५ पृ. ३ अनु. ४–पृ. ४ अनु. १]
२. यर्मिया वफादार भई सेवाको काममा लागिरहेकोले परिणाम कस्तो भयो? (यर्मि. ३९:१५-१८) [मे १४, w११ ३/१५ पृ. ३१, अनु. १४]
३. बारूकले आफ्नै निम्ति के-कस्ता “ठूला कुराहरू” खोजिरहेका थिए र यहोवाको चेतावनीप्रति तिनले देखाएको प्रतिक्रिया विचार गर्दा हामी कुन कुरामा ध्यान केन्द्रित गर्न मदत पाउँछौं? (यर्मि. ४५:५) [मे २१, w११ ६/१५ पृ. ३०, अनु. १]
४. एदोममाथि आइपर्ने न्यायिक दण्डबारे बताउँदा यहोवाले किन आफूलाई “दाख टिप्नेहरू” र “चोरहरू”-को तुलनामा फरक रूपमा प्रस्तुत गर्नुभयो? (यर्मि. ४९:९, १०) [मे २८, w०७ ११/१ पृ. १६ अनु. ३]
५. यहोवाले यर्मियालाई कब्जामा परेका यहूदीहरूलाई “कल्दीहरूका हातमा आत्म-समर्पण” गर्नू भनी भन्न लगाउनुहुँदा कुन दुई तरिकामा तिनको आज्ञाकारिताको जाँच भयो? (यर्मि. ५०:२, ११) [मे २८, w०२ १०/१ पृ. १५, अनु. १७]
६. यहोवाका “पाउदान” र “छाप्रो” के हुन्? (विला. २:१, ६) [जून ११, w०७ ६/१ पृ. ९ अनु. २]
७. युवावस्थामै दुःखको जुवा बोक्न सिक्नु किन लाभदायी छ? (विला. ३:२७) [जून १८, w०७ ६/१ पृ. ११ अनु. ४; w८७-E २/१५ पृ. २४ अनु. १]
८. के यहोवाले मानिसहरूलाई तिनीहरूको पितापुर्खाले गरेका गल्तीको लागि दोषी ठहऱ्याउनुहुन्छ? (विला. ५:७) [जून १८, w०७ ६/१ पृ. १० अनु. ५]
९. स्वर्गीय रथले के चित्रण गर्छ? (इज. १:४-२८) [जून २५, w०७ ७/१ पृ. ११ अनु. ६]
१०. मानिसहरू सुसमाचारप्रति भावशून्य भए तापनि इजकिएलको उदाहरणले हामीलाई निर्भयी भएर बोल्न कसरी मदत गर्छ? (इज. ३:८, ९) [जून २५, w०८ ७/१ पृ. १४ अनु. ६-७]