जून २५ को हप्ताको तालिका
जून २५ मा सुरु हुने हप्ता
गीत १८ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
gt अध्या. १३, १४ (२५ मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: इजकिएल १-५ (१० मि.)
ईश्वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति (२० मि.)
□ सेवा सभा:
१० मि: घोषणाहरू। पृष्ठ ८ मा दिइएको कुराकानी थाल्ने उदाहरण प्रयोग गरेर जुलाई महिनाको पहिलो शनिबार कसरी बाइबल अध्ययन सुरु गर्न सकिन्छ, प्रदर्शन देखाउनुहोस्।
१५ मि: प्रचार गर्दा समयको सदुपयोग गर्नुहोस्। (एफि. ५:१५, १६) तल दिइएका प्रश्नहरूमा आधारित छलफल। (१) हामी कसरी समयको सदुपयोग गर्न सक्छौं? (क) क्षेत्र सेवाको सभा सञ्चालन गर्दा, (ख) क्षेत्र सेवाको सभा सिद्धिएपछि, (ग) विस्तृत इलाकाको थुप्रै ठाउँमा पुनःभेट गर्नुपर्दा। (२) हामी कसरी समय जोगाउन सक्छौं? (क) सकिन्छ भने क्षेत्र सेवाको सभा हुनुअगाडि नै परिवारलाई खुवाउँदा, (ख) क्षेत्र सेवाको सभाको लागि सबै जना समयमै उपस्थित हुँदा, (ग) सञ्चालकले समूहलाई मिलाउँदा ध्यान दिएर सुन्दा अनि क्षेत्र सेवाको सभा सिद्धिएपछि फेरि अनावश्यक रूपमा साथी नमिलाउँदा, (घ) इलाकामा जानुअघि कहाँबाट सुरु गर्ने भनी सबैलाई थाह हुँदा।
१० मि: जुलाई महिनामा प्रस्तुत गरिने साहित्य। छलफल। प्रस्तुत गरिने साहित्यका विशेषताहरू छोटकरीमा बताउनुहोस् अनि त्यसपछि एउटा वा दुइटा प्रदर्शन देखाउनुहोस्।
गीत २९ र प्रार्थना