ईश्वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति
निम्न प्रश्नहरू जून २४ २०१३ मा सुरु हुने हप्तामा छलफल गरिनेछ। हरेक हप्ता स्कूलको तयारी गर्दा अनुसन्धान गर्न सकियोस् भनेर प्रत्येक बुँदा कुन दिन छलफल गरिन्छ, मिति पनि दिइएको छ।
१. दिने सन्दर्भमा यहोवाले कसरी उत्कृष्ट उदाहरण बसाल्नुभयो र कसरी दिंदा हामी आनन्दित हुन सक्छौं? (यूह. ३:१६) [मे ६, w०९ २/१ पृ. २३ अनु. १७]
२. ख्रीष्टका अनुयायीहरूले कहिले जीवन पाउनेछन् वा जीवनको पूर्णतामा प्रवेश गर्छन्? (यूह. ६:५३) [मे १३, w०३ ९/१५ पृ ३१ अनु. ३]
३. येशूले कसरी आफ्नो बुबालाई त्रुटिपूर्ण मानिसहरूसामु प्रकट गर्नुभयो? (यूह. ८:२८) [मे २०, w११ १०/१ पृ. ७ अनु. ३]
४. आफ्नो साथी लाजरसको मृत्यु हुँदा येशू ‘रुनुभएको’ विवरणबाट हामी के सिक्न सक्छौं? (यूह. ११:३५) [मे २०, w१० १२/१ पृ. १० अनु. २]
५. चेलाहरूको खुट्टा धोइदिएर येशूले कस्तो ठूलो पाठ सिकाउनुभयो? (यूह. १३:४, ५) [मे २७, w९९ ३/१ पृ. ३१ अनु. १]
६. परमेश्वरको पवित्र शक्तिले हामीलाई कसरी सही बाटोतर्फ डोऱ्याउनेछ? (यूह. १४:२६) [मे २७, w११ १२/१५ पृ. १४-१५ अनु. ९]
७. यूहन्ना २१:१५ मा भएको “यिनीहरूलाई” भन्ने शब्दले के बुझाउँछ? यसबाट हामी कस्तो पाठ सिक्न सक्छौं? [जून ३, w०८ ४/१ पृ. ३२ अनु. १०]
८. प्रेषित २:४४, ४७ र प्रेषित ४:३४, ३५ अनुसार ख्रीष्टियनहरूले कस्तो मनोभाव अनुकरण गर्नुपर्छ? [जून १०, w०८ ५/१ पृ. ३० अनु. ५]
९. प्रेषित ७:५९ को विवरणमा के स्तिफनसले येशूलाई प्रार्थना गर्दै थिए? [जून १७, w०८ ५/१ पृ. ३१ अनु. २]
१०. बर्णाबासको असल उदाहरण हामी कसरी अनुकरण गर्न सक्छौं? यसो गर्दा हामीले कस्ता लाभ उठाउनेछौं? (प्रेषि. ९:२६, २७) [जून २४, bt पृ. ७३ अनु. १९]