ईश्वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति
निम्न प्रश्नहरू अगस्त २६, २०१३ मा सुरु हुने हप्तामा छलफल गरिनेछ। हरेक हप्ता स्कूलको तयारी गर्दा अनुसन्धान गर्न सकियोस् भनेर प्रत्येक बुँदा कुन दिन छलफल गरिन्छ, मिति पनि दिइएको छ।
१. मानिसबाटको अनुचित प्रशंसा र आदर हेरोदले विना हिचकिचाहट स्वीकारेको घटनाबाट हामी कस्तो महत्त्वपूर्ण पाठ सिक्न सक्छौं? (प्रेषि. १२:२१-२३) [जुला. १, w०८ ५/१ पृ. ३२ अनु. ७]
२. तिमोथीको उदाहरणलाई ख्रीष्टियन जवानहरूले केलाउँदा र पछ्याउँदा तिनीहरूलाई कस्तो फाइदा हुन्छ? (प्रेषि. १६:१, २) [जुला. ८, w०८ ५/१ पृ. ३२ अनु. १०]
३. अपोल्लसले “साहसी भई” सभाघरमा बोलेको देखेर अक्वीला र प्रिस्किलाले तिनलाई कसरी मायालुपूर्वक मदत दिए? (प्रेषि. १८:२४-२६) [जुला. १५, w१० ६/१ पृ. १५ अनु. ४]
४. प्रचार गर्ने अधिकारको रक्षा गर्न यहोवाका साक्षीहरूले आफ्नो देशमा भएका अदालतको ढोका ढकढक्याउनुपर्छ भन्ने कस्तो धर्मशास्त्रीय आधार छ? (प्रेषि. २५:१०-१२) [जुला. २२, bt पृ. २२६ अनु. ६]
५. रोममा कैदी हुँदा समेत पावलले साक्षी दिने बाटो कसरी खोजे र आज यहोवाका सेवकहरूले तिनको उदाहरण कसरी पछ्याउँछन्? (प्रेषि. २८:१७, २३, ३०, ३१) [जुला. २९, bt पृ. २४६-२४८ अनु. १९-२३]
६. परमेश्वरले निन्दा गर्नुभएको समलिङ्गी सम्बन्धलाई संसारले कुन दृष्टिले हेर्छ? (रोमी १:२६, २७) [अग. ५, w०४ ४/१ पृ. १०, ११ अनु. ६, ७]
७. इस्वी संवत् ३३ मा ‘ख्रीष्ट येशूले फिरौती’ तिर्नुअघि नै कसरी ‘बितेको समयमा गरेका पापहरू’ क्षमा गर्न सम्भव भयो? (रोमी ३:२४, २५) [अग. ५, w०८ ६/१ पृ. ३० अनु. ४]
८. के गर्ने, कसो गर्ने भनी सोच्नै नसक्ने अवस्थामा अनि कसरी प्रार्थना गर्ने भनेर थाहै नहुँदा यहोवाले पहिल्यैदेखि कस्तो मायालु प्रबन्ध गर्नुभएको छ? (रोमी ८:२६, २७) [अग. १२, w०८ ६/१ पृ. ३१ अनु. ८]
९. “अतिथि-सत्कार कायम राख” भनेर सल्लाह दिनुको अर्थ के हो? (रोमी १२:१३) [अग. १९, w०९ १०/१ पृ. १८ अनु. १२, १३]
१०. पावलले सल्लाह दिएझैं हामी कसरी “प्रभु येशू ख्रीष्टलाई धारण” गर्न सक्छौं? (रोमी १३:१४) [अग. २६, w०५ १/१ पृ. ११, १२ अनु. २०-२२]