प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • नहेम्याह ८
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

नहेम्याह विषयवस्तु

      • व्यवस्थाको पुस्तक पढेर बुझाइन्छ (१-१२)

      • झुप्रोबासको चाड मनाइन्छ (१३-१८)

नहेम्याह ८:१

फुटनोट

  • *

    वा “शास्त्री।”

मार्जिनल रेफरेन्स

  • +नहे ३:२६; १२:३७
  • +एज्रा ७:६
  • +लेवी २७:३४
  • +व्य ३१:९; यहो १:८

नहेम्याह ८:२

मार्जिनल रेफरेन्स

  • +व्य ३१:१२; २इ १७:८, ९; मला २:७
  • +लेवी २३:२४; १रा ८:२

नहेम्याह ८:३

मार्जिनल रेफरेन्स

  • +प्रे १३:१५; १५:२१
  • +प्रे १६:१४; १७:११

नहेम्याह ८:४

मार्जिनल रेफरेन्स

  • +नहे १२:४०, ४२

नहेम्याह ८:६

फुटनोट

  • *

    वा “यस्तै होस्‌!”

मार्जिनल रेफरेन्स

  • +व्य २७:२६

नहेम्याह ८:७

मार्जिनल रेफरेन्स

  • +नहे ९:४
  • +एज्रा ८:३३; नहे ११:१६
  • +व्य ३३:८, १०

नहेम्याह ८:८

मार्जिनल रेफरेन्स

  • +लुका २४:२७; प्रे ८:३०, ३१

नहेम्याह ८:९

फुटनोट

  • *

    वा “तिर्सथा।” प्रान्तका राज्यपाललाई दिइने फारसी उपाधि।

मार्जिनल रेफरेन्स

  • +एज्रा ७:११
  • +लेवी २३:२४

नहेम्याह ८:१०

फुटनोट

  • *

    वा “तिमीहरूको बल हो।”

मार्जिनल रेफरेन्स

  • +एस्त ९:१९

नहेम्याह ८:१२

मार्जिनल रेफरेन्स

  • +भज १२६:१-३
  • +नहे ८:८

नहेम्याह ८:१४

मार्जिनल रेफरेन्स

  • +लेवी २३:३४, ४२; व्य १६:१३, १६; युह ७:२

नहेम्याह ८:१५

मार्जिनल रेफरेन्स

  • +लेवी २३:४

नहेम्याह ८:१६

मार्जिनल रेफरेन्स

  • +१रा ६:३६; ७:१२; २इ ४:९; २०:५
  • +नहे ३:२६; ८:१, ३
  • +२रा १४:१३; नहे १२:३८, ३९

नहेम्याह ८:१७

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +यहो १:१
  • +व्य १६:१४, १५

नहेम्याह ८:१८

मार्जिनल रेफरेन्स

  • +व्य ३१:१०-१२
  • +लेवी २३:३४, ३६

अरू

नहे. ८:१नहे ३:२६; १२:३७
नहे. ८:१एज्रा ७:६
नहे. ८:१लेवी २७:३४
नहे. ८:१व्य ३१:९; यहो १:८
नहे. ८:२व्य ३१:१२; २इ १७:८, ९; मला २:७
नहे. ८:२लेवी २३:२४; १रा ८:२
नहे. ८:३प्रे १३:१५; १५:२१
नहे. ८:३प्रे १६:१४; १७:११
नहे. ८:४नहे १२:४०, ४२
नहे. ८:६व्य २७:२६
नहे. ८:७नहे ९:४
नहे. ८:७एज्रा ८:३३; नहे ११:१६
नहे. ८:७व्य ३३:८, १०
नहे. ८:८लुका २४:२७; प्रे ८:३०, ३१
नहे. ८:९एज्रा ७:११
नहे. ८:९लेवी २३:२४
नहे. ८:१०एस्त ९:१९
नहे. ८:१२भज १२६:१-३
नहे. ८:१२नहे ८:८
नहे. ८:१४लेवी २३:३४, ४२; व्य १६:१३, १६; युह ७:२
नहे. ८:१५लेवी २३:४
नहे. ८:१६१रा ६:३६; ७:१२; २इ ४:९; २०:५
नहे. ८:१६नहे ३:२६; ८:१, ३
नहे. ८:१६२रा १४:१३; नहे १२:३८, ३९
नहे. ८:१७यहो १:१
नहे. ८:१७व्य १६:१४, १५
नहे. ८:१८व्य ३१:१०-१२
नहे. ८:१८लेवी २३:३४, ३६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
पवित्र बाइबल नयाँ संसार अनुवाद
नहेम्याह ८:१-१८

नहेम्याह

८ त्यसपछि सबै मानिस एकै मनका भएर पानी-ढोकाको+ अगाडि भएको चोकमा भेला भए। तिनीहरूले प्रतिलिपिक* एज्रालाई+ यहोवा परमेश्‍वरले इस्राएलीहरूको लागि दिनुभएको+ मोसाको व्यवस्थाको पुस्तक ल्याउन आग्रह गरे।+ २ त्यसैले पुजारी एज्राले सम्पूर्ण समुदायसामु व्यवस्थाको पुस्तक ल्याए।+ त्यहाँ पुरुष, स्त्रीलगायत कुरा बुझ्न सक्ने भइसकेका केटाकेटी पनि थिए। यो सातौँ महिनाको पहिलो दिन थियो।+ ३ तिनले पानी-ढोकाको अगाडि भएको चोकमा बिहान सबेरैदेखि मध्यदिनसम्मै मानिसहरूको अगाडि व्यवस्थाको पुस्तक पढेर सुनाए।+ अनि त्यहाँ भेला भएका सबैले—पुरुष, स्त्री र कुरा बुझ्न सक्ने भइसकेका केटाकेटी सबैले ध्यान दिएर सुने।+ ४ प्रतिलिपिक एज्रा काठको मञ्चमा उभिएका थिए। त्यो मञ्च यही अवसरको लागि बनाइएको थियो। तिनको दायाँपट्टि मत्तित्याह, सेमा, अनायाह, उरियाह, हिल्कियाह र मासेयाह उभिएका थिए अनि बायाँपट्टि चाहिँ पदायाह, मिसाएल, मल्कियाह,+ हासुम, हास-बदानाह, जकरिया र मेसुल्लाम उभिएका थिए।

५ एज्रा अग्लो ठाउँमा उभिएका थिए। तिनले सबैले देख्नेगरि व्यवस्थाको पुस्तक खोले। तिनले त्यो पुस्तक खोल्दा सबै मानिस उभिए। ६ त्यसपछि तिनले साँचो र महान्‌ परमेश्‍वर यहोवाको प्रशंसा गरे। तब सबै मानिसले आफ्नो हात उठाएर यसो भने, “आमिन!* आमिन!”+ त्यसपछि तिनीहरू यहोवा परमेश्‍वरलाई दण्डवत्‌ गर्न घुँडा टेकेर भुईँमा घोप्टो परे। ७ लेवीहरू यसुआ, बानि, सेरेब्याह,+ यामिन, अक्कुब, साब्बथै, होदियाह, मासेयाह, केलिता, अजर्याह, योजाबाद,+ हानान र पलायाहले मानिसहरूलाई व्यवस्थामा लेखिएको कुरा बुझाउन थाले।+ अनि मानिसहरूले उभिएरै उनीहरूको कुरा सुनिरहे। ८ उनीहरूले साँचो परमेश्‍वरको व्यवस्थाको पुस्तक ठूलो स्वरमा पढिरहे अनि त्यहाँ लेखिएका कुराहरू मानिसहरूलाई स्पष्टसित बुझाइदिए र त्यसको अर्थ पनि खुलाइदिए। यसरी उनीहरूले मानिसहरूलाई सुनेको कुरा बुझ्न मदत गरे।+

९ तब त्यतिबेलाका राज्यपाल* नहेम्याह, पुजारी र प्रतिलिपिक एज्रा+ अनि मानिसहरूलाई सिकाइरहेका लेवीहरूले त्यहाँ भएका सबैलाई यसो भने: “यो दिन तिमीहरूका परमेश्‍वर यहोवाको निम्ति पवित्र छ।+ त्यसैले नरोओ, शोक नगर।” किनकि व्यवस्थामा लेखिएका कुराहरू सुनेर सबै मानिस रोइरहेका थिए। १० नहेम्याहले तिनीहरूलाई यसो भने: “जाओ, स्वादिष्ठ भोजन खाओ र गुलियो पेय पदार्थ पिओ। अनि जो-जोसँग छैन, तिनीहरूलाई पनि खानेकुरा पठाइदेओ।+ किनकि यो दिन हाम्रा प्रभुको निम्ति पवित्र छ। उदास नहोओ किनकि यहोवा परमेश्‍वरले दिनुहुने आनन्द नै तिमीहरूको बलियो किल्ला हो।”* ११ अनि लेवीहरू यसो भन्दै मानिसहरूलाई शान्त गराइरहेका थिए: “नरोओ! दुःखी नहोओ! किनकि आजको दिन पवित्र छ।” १२ तब सबै मानिस खानपिन गर्न गए र तिनीहरूले अरूलाई पनि खानेकुरा पठाइदिए। त्यस दिन तिनीहरूले निकै रमाहट गरे+ किनकि तिनीहरूले आफूलाई सिकाइएको कुरा बुझेका थिए।+

१३ भोलिपल्ट बुबापट्टिको घरानाहरूका सबै नाइके, पुजारीहरू र लेवीहरू व्यवस्थामा भएका थप कुरा बुझ्न प्रतिलिपिक एज्राकहाँ भेला भए। १४ सातौँ महिनामा मनाइने चाडको बेला झुप्रोहरूमा बस्नू भनी यहोवा परमेश्‍वरले मोसाको व्यवस्थामा इस्राएलीहरूलाई आज्ञा दिनुभएको रहेछ भनेर तिनीहरूले थाह पाए।+ १५ साथै तिनीहरूले सबै सहरमा अनि सारा यरुसलेममा यस्तो घोषणा+ गर्नुपर्ने रहेछ भनेर पनि बुझे: “पहाडी इलाकामा जाओ अनि जैतुनको रूख, सल्लाको रूख, मेहदीको बोट, खजुरको बोट र अन्य रूखहरूको पातैपात भएका हाँगाहरू ल्याओ। अनि व्यवस्थामा लेखिएअनुसारै ती हाँगाहरूबाट झुप्रो बनाओ।”

१६ त्यसकारण मानिसहरू गएर पातैपात भएका हाँगाहरू ल्याए र त्यसबाट आफ्नो निम्ति झुप्रो बनाए। तिनीहरूले आफ्नो घरको छतमा र आँगनहरूमा ती झुप्रोहरू बनाए। तिनीहरूले साँचो परमेश्‍वरको भवनका चोकहरूमा+ अनि पानी-ढोकाको+ र एप्रैम-ढोकाको चोकमा+ पनि झुप्रोहरू बनाए। १७ यसरी निर्वासनबाट फर्केर आएका मानिसहरूको पूरै समुदायले झुप्रोहरू बनायो र त्यहीँ बस्न थाल्यो। नुनका छोरा यहोसुको समयदेखि यता इस्राएलीहरूले यस्तो तरिकामा झुप्रोबासको चाड* मनाएका थिएनन्‌।+ त्यसैले तिनीहरूले ठूलो रमाहटका साथ त्यो चाड मनाए।+ १८ चाडको पहिलो दिनदेखि अन्तिम दिनसम्मै तिनीहरूलाई हरेक दिन साँचो परमेश्‍वरको व्यवस्था पढेर सुनाइयो।+ व्यवस्थामा लेखिएअनुसारै तिनीहरूले सात दिनसम्म झुप्रोबासको चाड मनाए र आठौँ दिनमा पवित्र सभा राखे।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने