प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

प्रस्थान विषयवस्तु

      • सिनै डाँडामा (१-२५)

        • इस्राएल पुजारीहरूको राज्य हुनेछ (५, ६)

        • परमेश्‍वरकहाँ जान मानिसहरूलाई चोखो पारिन्छ (१४, १५)

प्रस्थान १९:२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १७:१
  • +प्रस्थ ३:१, १२

प्रस्थान १९:३

मार्जिनल रेफरेन्स

  • +प्रे ७:३८

प्रस्थान १९:४

मार्जिनल रेफरेन्स

  • +व्य ४:३४
  • +व्य ३२:११, १२; यसै ६३:९

प्रस्थान १९:५

फुटनोट

  • *

    वा “अनमोल धन।”

मार्जिनल रेफरेन्स

  • +१रा ८:५३; भज १३५:४
  • +व्य १०:१४

प्रस्थान १९:६

मार्जिनल रेफरेन्स

  • +लेवी ११:४४; व्य ७:६; १प २:९; प्रका ५:९, १०

प्रस्थान १९:७

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २४:३

प्रस्थान १९:८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २४:७; यहो २४:२४

प्रस्थान १९:१३

फुटनोट

  • *

    यसले काँडले छेड्‌ने कुरालाई जनाएको हुन सक्छ।

  • *

    शा., “थुमाको सिङ।”

मार्जिनल रेफरेन्स

  • +हिब्रू १२:२०
  • +प्रस्थ २०:१८

प्रस्थान १९:१४

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १९:१०

प्रस्थान १९:१६

मार्जिनल रेफरेन्स

  • +व्य ४:११; १रा ८:१२; भज ९७:२
  • +हिब्रू १२:१८-२१

प्रस्थान १९:१८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २४:१७; व्य ४:११, १२; २इ ७:१-३
  • +भज ६८:८

प्रस्थान १९:२०

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २४:१२

प्रस्थान १९:२२

मार्जिनल रेफरेन्स

  • +लेवी १०:१, २; १इ १३:१०

प्रस्थान १९:२३

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १९:१२

प्रस्थान १९:२४

मार्जिनल रेफरेन्स

  • +गन १६:१९, ३५

अरू

प्रस्थ. १९:२प्रस्थ १७:१
प्रस्थ. १९:२प्रस्थ ३:१, १२
प्रस्थ. १९:३प्रे ७:३८
प्रस्थ. १९:४व्य ४:३४
प्रस्थ. १९:४व्य ३२:११, १२; यसै ६३:९
प्रस्थ. १९:५१रा ८:५३; भज १३५:४
प्रस्थ. १९:५व्य १०:१४
प्रस्थ. १९:६लेवी ११:४४; व्य ७:६; १प २:९; प्रका ५:९, १०
प्रस्थ. १९:७प्रस्थ २४:३
प्रस्थ. १९:८प्रस्थ २४:७; यहो २४:२४
प्रस्थ. १९:१३हिब्रू १२:२०
प्रस्थ. १९:१३प्रस्थ २०:१८
प्रस्थ. १९:१४प्रस्थ १९:१०
प्रस्थ. १९:१६व्य ४:११; १रा ८:१२; भज ९७:२
प्रस्थ. १९:१६हिब्रू १२:१८-२१
प्रस्थ. १९:१८प्रस्थ २४:१७; व्य ४:११, १२; २इ ७:१-३
प्रस्थ. १९:१८भज ६८:८
प्रस्थ. १९:२०प्रस्थ २४:१२
प्रस्थ. १९:२२लेवी १०:१, २; १इ १३:१०
प्रस्थ. १९:२३प्रस्थ १९:१२
प्रस्थ. १९:२४गन १६:१९, ३५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
पवित्र बाइबल नयाँ संसार अनुवाद
प्रस्थान १९:१-२५

प्रस्थान

१९ मिश्रबाट निस्केको तीन महिनापछि इस्राएलीहरू सिनै निर्जनभूमिमा आइपुगे। २ तिनीहरू त्यही दिन रेफिदिमबाट हिँडेका थिए+ अनि सिनै निर्जनभूमिमा आइपुगेका थिए। त्यहाँ आइपुगेपछि तिनीहरू डाँडाअगाडि पाल टाँगेर बसे।+

३ अनि मोसा साँचो परमेश्‍वरलाई भेट्‌न डाँडामा उक्ले। यहोवा परमेश्‍वरले त्यहाँबाट तिनलाई यसो भन्‍नुभयो:+ “तिमीले याकुबको घराना र इस्राएलीहरूलाई यसो भन, ४ ‘मैले मिश्रीहरूलाई के गरेँ+ अनि चीलले आफ्नो बचेरालाई पखेटामा बोकेझैँ मैले तिमीहरूलाई कसरी बोकेर ल्याएँ, त्यो तिमीहरूले देखेका छौ।+ ५ यदि तिमीहरूले मैले भनेको सबै कुरा मान्यौ र मेरो करारअनुसार चल्यौ भने सबै जातिमध्ये तिमीहरू मेरो विशेष सम्पत्ति* हुनेछौ+ किनकि सारा पृथ्वी मेरै हो।+ ६ तिमीहरू मेरो लागि पुजारीहरूको राज्य र पवित्र जाति हुनेछौ।’+ तिमीले इस्राएलीहरूलाई भन्‍नुपर्ने कुरा यी नै हुन्‌।”

७ अनि मोसा ओर्ले र इस्राएलका नाइकेहरूलाई भेला गरेर यहोवा परमेश्‍वरले आज्ञा गर्नुभएका सबै कुरा तिनीहरूलाई सुनाए।+ ८ त्यसपछि सबैले एकै स्वरमा यसो भने: “यहोवा परमेश्‍वरले भन्‍नुभएका सबै कुरा मान्‍न हामी तयार छौँ।”+ इस्राएलीहरूको यो जवाफ सुनाउन मोसा तुरुन्तै यहोवा परमेश्‍वरसामु गए। ९ अनि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “हेर! मैले तिमीसित कुरा गर्दा मानिसहरूले सुनून्‌ र तिनीहरूले तिमीलाई पनि सधैँ भरोसा गरून्‌ भनेर म बाक्लो बादलमा तिमीकहाँ आउनेछु।” त्यसपछि मोसाले इस्राएलीहरूले भनेका कुरा यहोवा परमेश्‍वरलाई सुनाए।

१० त्यसपछि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “इस्राएलीहरूकहाँ जाऊ अनि तिनीहरूलाई आज र भोलि नुहाएर आफूलाई चोखो पार्न अनि आफ्नो लुगा पनि धुन लगाऊ। ११ अनि तेस्रो दिनको लागि तिनीहरूले आफूलाई तयार पारून्‌ किनकि त्यो दिन यहोवा परमेश्‍वर सबै मानिसको अगाडि सिनै डाँडामा आउनुहुनेछ। १२ मानिसहरू डाँडाको कतिसम्म नजिक आउन सक्छन्‌, तिमीले सीमा तोक्नू र तिनीहरूलाई यसो भन्‍नू, ‘तिमीहरू यो डाँडा नचढ्‌नू र यसको फेदमा समेत पाइला नटेक्नू। यस डाँडामा जसले पाइला टेक्छ, ऊ पक्कै मारिनेछ। १३ उसलाई कसैले नछुनू। बरु उसलाई छेडेर* वा ढुङ्‌गाले हानेर मार्नू। मानिस होस्‌ वा पशु, त्यसलाई जिउँदो नछोड्‌नू।’+ तर सिङ* फुकेको आवाज सुनेपछि भने+ तिनीहरू डाँडाको नजिक आउन सक्छन्‌।”

१४ त्यसपछि मोसा डाँडाबाट ओर्ले अनि मानिसहरूलाई नुहाएर चोखो हुन र आ-आफ्नो लुगा धुन लगाए।+ १५ तिनले मानिसहरूलाई भने: “तेस्रो दिनको लागि तयार हुनू। कुनै स्त्रीसित यौनसम्बन्ध नराख्नू।”

१६ तेस्रो दिन बिहान मेघ गर्ज्यो, बिजुली चम्क्यो र डाँडामा कालो बादल मडारिन थाल्यो।+ अनि सिङ फुकेको ठूलो आवाज पनि सुनियो। यो देखेर छाउनीमा भएका सबै मानिस डरले थरथर काम्न थाले।+ १७ इस्राएलीहरूलाई साँचो परमेश्‍वरसित भेट गराउन मोसाले तिनीहरूलाई छाउनीबाहिर ल्याए अनि तिनीहरू डाँडाको फेदमा उभिए। १८ यहोवा परमेश्‍वर आगोमा ओर्लेर आउनुभएकोले सिनै डाँडालाई धुवाँले डम्म ढाक्यो+ र त्यहाँ इँटाभट्टाबाट जस्तै धुवाँको मुस्लो निस्किरहेको थियो। अनि पूरै डाँडा बेसरी हल्लिरहेको थियो।+ १९ सिङ फुकेको आवाज झन्‌झन्‌ चर्को हुँदै गएपछि मोसा बोल्न थाले र साँचो परमेश्‍वरले तिनलाई जवाफ दिनुभयो।

२० यसरी यहोवा परमेश्‍वर सिनै डाँडाको टाकुरामा ओर्लनुभयो। त्यसपछि यहोवा परमेश्‍वरले मोसालाई टाकुरामा बोलाउनुभयो र मोसा त्यहाँ गए।+ २१ तब यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “तल जाऊ अनि मानिसहरूलाई जबरजस्ती माथि उक्लेर म यहोवालाई हेर्न नखोज्नू भनी होसियार गराऊ नत्र धेरै जना मर्नेछन्‌। २२ अनि यहोवा परमेश्‍वरसामु आइरहने पुजारीहरूले पनि आफूलाई चोखो पारून्‌ नत्र यहोवा परमेश्‍वरले तिनीहरूलाई दण्ड दिनुहुनेछ।”+ २३ त्यसपछि मोसाले यहोवा परमेश्‍वरलाई भने: “मानिसहरू सिनै डाँडा उक्लन सक्दैनन्‌ किनकि तपाईँले हामीलाई पहिल्यै यस्तो चेतावनी दिइसक्नुभएको थियो, ‘मानिसहरू डाँडाको कतिसम्म नजिक आउन सक्छन्‌, सीमा तोक्नू र यसलाई पवित्र पार्नू।’”+ २४ यहोवा परमेश्‍वरले तिनलाई भन्‍नुभयो: “तल गएर हारुनलाई पनि माथि लिएर आऊ। तर पुजारीहरू र मानिसहरूचाहिँ म यहोवाकहाँ जबरजस्ती आउन नखोजून्‌ नत्र त म तिनीहरूलाई दण्ड दिनेछु।”+ २५ त्यसैले तल ओर्लेर मोसाले मानिसहरूलाई यो कुरा बताइदिए।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने