हितोपदेश
४ हे मेरो छोरा,* आफ्नो बुबाको अर्ती सुन,*+
ध्यान दिएर सुन अनि समझ प्राप्त गर।
२ म तिमीलाई असल कुरा सिकाउँछु;
मेरो शिक्षा नत्याग।+
४ बुबा मलाई यसो भन्दै सिकाउनुहुन्थ्यो: “मेरा कुराहरू सधैँ हृदयमा राख।+
मेरा आज्ञाहरू पालन गर र दीर्घायु होऊ।+
५ बुद्धि हासिल गर; समझ हासिल गर।+
मैले भनेका कुराहरूलाई बेवास्ता नगर, ती नबिर्स।
६ बुद्धिलाई नत्याग, त्यसले तिम्रो रक्षा गर्नेछ।
त्यसलाई माया गरेर राख, त्यसले तिमीलाई जोगाउनेछ।
८ बुद्धिलाई अनमोल ठान र त्यसले तिम्रो उन्नति गराउनेछ।+
तिमीले त्यसलाई अङ्गाल्यौ भने त्यसले तिम्रो मान बढाउनेछ।+
९ त्यसले तिम्रो शिरमा सुन्दर ताज लगाइदिनेछ;
र तिमीलाई शोभाको मुकुट पहिराइदिनेछ।”
१० हे मेरो छोरा, मैले भनेका कुराहरू सुन्यौ र मान्यौ भने
तिमी दीर्घायु हुनेछौ।+
१२ तिमी हिँड्दा कुनै कुराले तिम्रो पाइलालाई छेक्नेछैन;
तिमी दौडँदा ठेस लागेर लड्नेछैनौ।
१३ मेरा अर्तीलाई पक्रिराख, त्यसलाई कहिल्यै नत्याग;+
त्यसलाई सम्हालिराख किनभने त्यसैमा तिम्रो जीवन निर्भर छ।+
१४ दुष्टको मार्गमा तिमी नलाग,
खराब मानिसको बाटोमा नहिँड।+
१६ खराब काम नगरेसम्म तिनीहरूलाई निद्रै लाग्दैन;
कसैलाई बरबाद नपारेसम्म तिनीहरू सुत्नै सक्दैनन्।
१७ तिनीहरू लुटको धनले हासिल गरेको रोटी खान्छन्
र हिंसाको कमाइले रक्सी पिउँछन्।
१९ दुष्टको बाटो रातको अन्धकारजस्तै हो;
केमा ठेस लाग्ने हो, तिनीहरूलाई पत्तै हुँदैन।
२० हे मेरो छोरा, मेरो कुरामा ध्यान देऊ;
मैले भनेका कुराहरूमा कान थाप।
२१ ती कुराहरू नबिर्स;
त्यसलाई हृदयमा सङ्गालेर राख।+
२२ किनभने जसले ती कुराहरू भेट्टाउँछ, ऊ दीर्घायु हुन्छ+
र उसको पूरै शरीर स्वस्थ हुन्छ।
२३ अरू सबै कुराभन्दा आफ्नो हृदयलाई सुरक्षित राख+
किनकि त्यो सारा जीवनको मूल हो।
२४ तिम्रो मुखबाट बाङ्गो कुरा ननिस्कोस्+
र तिम्रो जिब्रोले छली कुरा नगरोस्।
२५ तिम्रो आँखाले सीधा अगाडि हेरोस्;
तिम्रो आँखाले एकटक लगाएर अगाडि हेरोस्।+
२७ तिमी दायाँ वा बायाँ नलाग।+
गलत बाटोमा हिँड्नदेखि आफ्नो पाइलालाई रोक।