-
एस्तर ९:१, २पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ बाह्रौँ महिना अर्थात् अदार* महिनाको १३ औँ दिन+ राजाको आदेश र कानुन लागू गरिने दिन थियो।+ त्यो दिन यहुदीहरूका शत्रुहरूले उनीहरूमाथि जित हासिल गर्नेछौँ भनी सोचेका थिए। तर उल्टै यहुदीहरूले नै ती सबैमाथि जित हासिल गरे, जसले उनीहरूलाई घृणा गर्थे।+ २ त्यो दिन राजा आहासुरसको+ सबै प्रान्तमा रहेका यहुदीहरू आफूलाई हानि पुऱ्याउन खोज्नेहरूसित लड्न आ-आफ्नो सहरमा एकसाथ भेला भए। यहुदीहरूसामु एक जना पनि टिक्न सकेन किनकि मानिसहरूमाझ उनीहरूको त्रास फैलिएको थियो।+
-