प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था १२:२९-३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ “जब तिमीहरूले धपाएका जातिलाई यहोवा परमेश्‍वरले नाश गर्नुहुन्छ+ र तिमीहरू त्यहाँ बसोबास गर्न थाल्छौ, ३० तब होसियार होओ, तिमीहरू त्यहाँ कुनै किसिमको पासोमा नपर्नू। ‘तिनीहरूले कसरी आफ्ना देवतालाई पूजा गर्दा रहेछन्‌, हामी पनि त्यसै गरिहेरौँ!’ भनेर तिनीहरूका देवताहरूबारे जान्‍न नखोज्नू।+ ३१ तिमीहरूले तिनीहरूको तरिकामा यहोवा परमेश्‍वरको उपासना नगर्नू। किनभने तिनीहरू त आफ्ना देवीदेवताको पूजा गर्न भएभरको घृणित काम गर्छन्‌, जसलाई यहोवा परमेश्‍वर घृणा गर्नुहुन्छ। तिनीहरू आफ्ना देवीदेवताको निम्ति आफ्नै छोराछोरीलाई समेत आगोमा बलि चढाउँछन्‌।+

  • २ इतिहास २८:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ राजा हुँदा आहाज+ २० वर्षका थिए। तिनले यरुसलेममा १६ वर्ष शासन गरे। तिनी आफ्ना पुर्खा दाउदजस्ता भएनन्‌; तिनले यहोवा परमेश्‍वरको नजरमा जे सही छ, त्यो गरेनन्‌।+

  • २ इतिहास २८:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ साथै तिनले ‘हिन्‍नोमको छोराको बेँसी’-मा* माथिसम्म धुवाँ उठ्‌नेगरि बलि* चढाए र आफ्ना छोराहरूलाई आगोमा बलि चढाए।+ यसरी तिनले ती राष्ट्रहरूको घिनलाग्दो रीतिथिति अपनाए,+ जुन राष्ट्रहरूलाई यहोवा परमेश्‍वरले इस्राएलीहरूको सामुन्‍नेबाट निकालिदिनुभएको थियो।

  • भजन १०६:३४-३६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ तिनीहरूले यहोवाको आज्ञा पालन गरेनन्‌;+

      तिनीहरूले वरपरका जातिहरूलाई नाश गरेनन्‌।+

      ३५ बरु तिनीहरू ती जातिहरूसित घुलमिल भए+

      र तिनीहरूकै तौरतरिका अपनाए।*+

      ३६ तिनीहरूले उनीहरूका मूर्तिहरू पुजिरहे+

      र त्यो नै तिनीहरूको लागि पासो बन्यो।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने