४ “‘तिमीहरू आफ्ना पुर्खाजस्ता नहोओ, जसलाई पहिलेका भविष्यवक्ताहरूले यसो भनेका थिए: “सेनाहरूका यहोवा यस्तो आग्रह गर्नुहुन्छ, ‘तिमीहरू आफ्नो खराब मार्ग त्याग र दुष्ट काम गर्न छोड।’”’+
“‘तर तिनीहरूले सुनेनन्, तिनीहरूले मेरो कुरामा ध्यानै दिएनन्,’+ यहोवा परमेश्वर घोषणा गर्नुहुन्छ।