प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन १०२:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ युगौँअघि तपाईँले पृथ्वीको जग बसाल्नुभयो

      अनि आकाश तपाईँकै हातको रचना हो।+

  • यसैया ४२:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ यहोवा साँचो परमेश्‍वर हुनुहुन्छ; आकाश बनाउने पनि उहाँ नै हुनुहुन्छ।

      उहाँ आकाशलाई फैलाउनुहुने महान्‌ परमेश्‍वर हुनुहुन्छ।+

      उहाँले पृथ्वी र यसमा भएका सबै थोक बनाउनुभयो।+

      उहाँले नै पृथ्वीका मानिसहरूलाई जीवन दिनुभयो

      र त्यसमा हिँडडुल गर्नेहरूलाई सास दिनुभयो।+

      उहाँ यसो भन्‍नुहुन्छ:

  • यसैया ४५:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ साँचो परमेश्‍वर यहोवा जसले आकाश रच्नुभयो,+

      जसले पृथ्वी सृष्टि गर्नुभयो र त्यसलाई कहिल्यै नडग्नेगरि स्थिर गर्नुभयो,+

      उहाँले व्यर्थैमा* त्यो बनाउनुभएन बरु आबाद गर्नको लागि बनाउनुभयो।+

      उहाँ यसो भन्‍नुहुन्छ:

      “म यहोवा हुँ, मबाहेक अरू कोही छैन।

  • रोमी १:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० उहाँका अदृश्‍य गुणहरू संसारको सृष्टिदेखि नै छर्लङ्‌गै देखिँदै आएका छन्‌। यी गुणहरूलगायत उहाँको अनन्त शक्‍ति+ र ईश्‍वरत्वसमेत+ उहाँले बनाउनुभएका कुराहरूबाट बुझ्न सकिने भएकोले+ तिनीहरूले कुनै बहाना बनाउन सक्दैनन्‌।

  • हिब्रू १:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० अनि: “हे प्रभु, तपाईँले प्रारम्भमै पृथ्वीको जग बसाल्नुभयो अनि आकाश तपाईँकै हातको रचना हो।

  • प्रकाश ४:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ “हे यहोवा* हाम्रा परमेश्‍वर, तपाईँ महिमा,+ आदर+ अनि शक्‍ति ग्रहण गर्न योग्य हुनुहुन्छ+ किनकि तपाईँले नै सबै थोक सृष्टि गर्नुभयो+ र तपाईँकै इच्छाबमोजिम ती अस्तित्वमा आए अनि सृजिए।”

  • प्रकाश १०:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ त्यसपछि तिनले सदासर्वदा जीवित रहनुहुने,+ जसले आकाश र त्यसमा भएका थोकहरू, पृथ्वी र त्यसमा भएका थोकहरू अनि समुद्र र त्यसमा भएका थोकहरू सृजनुभयो,+ उहाँको नाममा यस्तो कसम खाए: “अब अझ ढिला हुनेछैन।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने