प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १४:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ मैले मिश्रीहरूको हृदय कठोर हुन दिएको छु र उनीहरूले तिमीहरूलाई लखेट्‌न छोड्‌नेछैनन्‌ अनि फारो, उनका रथ, उनका घोडचढीलगायत सबै सेनालाई परास्त गरेर म आफ्नो नाम उच्च पार्नेछु।+

  • यहोसु २:९, १०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ तिनले ती जासुसहरूलाई भनिन्‌: “यहोवा परमेश्‍वरले तपाईँहरूलाई यो देश दिनुहुनेछ भनेर मलाई थाह छ।+ तपाईँहरूले गर्दा हामी सबै डराएका छौँ + र यहाँका सबै मानिस आत्तिएका छन्‌।+ १० किनभने तपाईँहरूलाई मिश्रबाट छुटाएर ल्याउँदा यहोवा परमेश्‍वरले कसरी तपाईँहरूकै अगाडि लाल समुद्रको पानी सुकाउनुभयो+ अनि यर्दनपारि* तपाईँहरूले एमोरीहरूका दुई जना राजा सिहोन+ र ओगलाई+ कसरी मार्नुभयो, त्यो हामीले सुनेका छौँ।

  • १ इतिहास १६:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ जातिजातिहरूमाझ उहाँको गौरवको बखान गर,

      सारा मानिसलाई उहाँका अचम्मलाग्दा कामहरूबारे बताओ।

  • हितोपदेश १६:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ यहोवाले सबै कुरा आफ्नो उद्देश्‍यअनुसार गर्नुहुन्छ;

      उहाँले दुष्टहरूलाई विनाशको दिनमा नाश गर्ने उद्देश्‍य राख्नुभएको छ।+

  • यसैया ६३:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ आफ्नो बलियो पाखुराले मोसाको दायाँ हात समात्ने परमेश्‍वर,+

      जसले तिनीहरूकै अगाडि समुद्रलाई दुई भाग पार्नुभयो+

      र सदालाई आफ्नो नाम कायम राख्नुभयो, उहाँ कहाँ हुनुहुन्छ?+

  • रोमी ९:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ किनकि धर्मशास्त्रले फारोलाई* भन्छ: “तिमीद्वारा मेरो शक्‍ति प्रकट होस्‌ अनि मेरो नाम सारा पृथ्वीमा घोषणा होस्‌ भनेर नै मैले तिमीलाई अहिलेसम्म जीवित राखेको हुँ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने