प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी १९:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ “‘तिमीहरूले रगत भएको केही चिज नखानू।+

      “‘तिमीहरूले शकुन-अपशकुन नहेर्नू वा जादुगरी नगर्नू।+

  • लेवी २०:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ “‘यदि कुनै मानिसले भूतप्रेत खेलाउने+ र भावी बताउने व्यक्‍तिहरूको+ पछि लागेर वेश्‍यावृत्ति गऱ्‍यो* भने म उसलाई त्यसै छोड्‌नेछैनँ; म उसलाई इस्राएलीहरूको समुदायबाट हटाउनेछु।*+

  • व्यवस्था १८:१०-१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तिमीहरूबीच यस्तो कोही पनि मानिस नभेटियोस्‌: आफ्ना छोराछोरीलाई आगोमा बलि चढाउने,+ जोखना हेर्ने,+ जादु गर्ने,+ शकुन-अपशकुन बताउने,+ तन्त्रमन्त्र गर्ने,+ ११ टुनामुना गर्ने, भूतप्रेत खेलाउने व्यक्‍तिसित+ वा भावी बताउने व्यक्‍तिसित+ सल्लाह लिने अथवा मसान जगाउने।+ १२ यस्तो काम गर्ने मानिसलाई यहोवा परमेश्‍वर घृणा गर्नुहुन्छ। अनि यस्ता घिनलाग्दा कामहरू गरेकोले नै यहोवा तिमीहरूका परमेश्‍वरले ती जातिहरूलाई तिमीहरूको सामुन्‍नेबाट धपाउँदै हुनुहुन्छ।

  • १ समुएल २८:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ यतिबेलासम्म समुएलको मृत्यु भइसकेको थियो; समुएलको मृत्यु हुँदा सबै इस्राएलीले शोक मनाएका थिए र तिनको लास तिनकै सहर रामामा गाडेका थिए।+ साउलले भूतप्रेत खेलाउने र भावी बताउने सबैलाई इस्राएलबाट हटाइसकेका थिए।+

  • गलाती ५:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० मूर्तिपूजा, तन्त्रमन्त्र,*+ दुस्मनी, कलह, डाह, रिस, झगडा, फूट, गुटबन्दी,

  • प्रकाश २२:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ तर कुकुरहरू,* तन्त्रमन्त्र गरिरहनेहरू, अवैध यौनसम्बन्ध* राख्नेहरू, हत्या गर्नेहरू, मूर्तिपूजा गर्नेहरू, झूट बोल्न मन पराउनेहरू अनि झूट बोलिरहनेहरूजति भने सहरबाहिर छन्‌।’+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने