प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ४०:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ तिनले साक्षीपाटी राखिएको सन्दुकलाई वासस्थानभित्र ल्याए र बाहिरबाट सन्दुक नदेखियोस्‌ भनेर+ त्यसको अगाडि पर्दा हाले।+ यहोवा परमेश्‍वरले तिनलाई जस्तो आज्ञा दिनुभएको थियो, तिनले त्यसै गरे।

  • लेवी १६:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “तिम्रो दाइ हारुनलाई पर्दापछाडि+ महापवित्र कोठामा* राखिएको करारको सन्दुकको* ढकनीअगाडि आफूखुसी नआउनू भन+ नत्र त ऊ मर्नेछ+ किनकि म त्यस ढकनीमाथि+ बादलमा देखा पर्छु।+

  • १ राजा ८:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ अनि पुजारीहरूले यहोवा परमेश्‍वरको करारको सन्दुक त्यसको लागि तोकिएको ठाउँमा ल्याए।+ तिनीहरूले त्यो सन्दुक भवनको भित्री कोठा अर्थात्‌ महापवित्र कोठामा करूबहरूको पखेटामुनि राखे।+

  • हिब्रू ९:२-४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ यस पालमा बनाइएको पहिलो कोठामा पानस,+ टेबुल र परमेश्‍वरलाई चढाइएका रोटीहरू* राखिएका हुन्थे+ अनि यसलाई पवित्र कोठा* भनिन्छ।+ ३ तर पालको दोस्रो पर्दापछाडि+ महापवित्र कोठा थियो।+ ४ यस कोठामा सुनको धुपौरो+ र सुनले पूरै मोहोरिएको करारको सन्दुक* थियो।+ अनि यो सन्दुकभित्र मन्‍न भएको सुनको भाँडो,+ कोपिला लागेको हारुनको लौरो+ र करारका पाटीहरू+ थिए।

  • हिब्रू ९:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ उहाँ बोका र बहरहरूको रगत लिएर होइन तर आफ्नै रगत लिएर एकै चोटि सदाको लागि पवित्र ठाउँभित्र पस्नुभयो+ र हाम्रो लागि चिरस्थायी छुटकारा हासिल गर्नुभयो।*+

  • हिब्रू ९:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ किनकि ख्रिष्ट हातले बनाइएको पवित्र ठाउँ, जुन सक्कलको नक्कल मात्र हो,+ त्यसमा नभई स्वर्गमै पस्नुभयो।+ त्यसैले अब उहाँ हाम्रो तर्फबाट परमेश्‍वरसामु* हाजिर हुनुहुन्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने