-
प्रस्थान ३५:३०-३४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३० त्यसपछि मोसाले इस्राएलीहरूलाई यसो भने: “हेर, यहोवा परमेश्वरले यहुदाको कुलको हुरको नाति, उरिको छोरा बजलेललाई रोज्नुभएको छ।+ ३१ परमेश्वरले तिनलाई आफ्नो पवित्र शक्तिले भरिपूर्ण पार्नुभएको छ अनि बुद्धि, समझ र सबै किसिमका कालिगडीसम्बन्धी ज्ञान दिनुभएको छ। ३२ यसले गर्दा तिनी आकर्षक ढाँचाहरू बनाउन; सुन, चाँदी र तामाको काम गर्न; ३३ बहुमूल्य रत्नहरू काट्न र जड्न अनि काठका विभिन्न कलात्मक सरसामान बनाउन सिपालु भएका छन्। ३४ परमेश्वरले बजलेललाई र दानको कुलको अहिसामाकको छोरा ओहोलिआबलाई+ अरूलाई सिकाउन पनि सिपालु बनाउनुभएको छ।
-
-
१ इतिहास २:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० हुरबाट उरि जन्मिए र उरिबाट बजलेल जन्मिए।+
-