-
प्रस्थान ३१:२-६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ “हेर, मैले यहुदाको कुलको हुरको नाति, उरिको छोरा बजलेललाई रोजेको छु।+ ३ म तिनलाई मेरो पवित्र शक्तिले भरिपूर्ण पार्नेछु अनि बुद्धि, समझ र सबै किसिमका कालिगडीसम्बन्धी ज्ञान दिनेछु: ४ आकर्षक ढाँचाहरू बनाउने; सुन, चाँदी र तामाको काम गर्ने; ५ बहुमूल्य रत्नहरू काट्ने र जड्ने+ अनि काठका विभिन्न सरसामान बनाउने।+ ६ साथै तिनलाई सघाउन मैले दानको कुलको अहिसामाकको छोरा ओहोलिआबलाई नियुक्त गरेको छु।+ अनि सिपालु कालिगडहरूलाई म अझ बुद्धिमान् बनाउनेछु र मैले दिएको आज्ञाबमोजिम तिनीहरूले यी सबै कुरा बनाउनेछन्:+
-