प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २९:१०-१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० “अब भेट हुने पालको सामने बहर ल्याउनू अनि हारुन र तिनका छोराहरूले त्यस बहरको टाउकोमाथि हात राखून्‌।+ ११ अनि भेट हुने पालको प्रवेशद्वारमा यहोवा परमेश्‍वरसामु बहर काट्‌नू।+ १२ बहरको रगतमा तिम्रो औँला चोपेर वेदीका सिङहरूमा रगत लगाइदिनू+ अनि बाँकी रगतचाहिँ वेदीको फेदमा खन्याइदिनू।+ १३ त्यसपछि आन्द्राभुँडी ढाक्ने बोसो,+ कलेजोमाथि भएको बोसो, दुई वटा मिर्गौला र त्यसमाथि भएको बोसो लिनू र त्यसलाई वेदीमा जलाइदिनू।+ १४ तर बहरको मासु, छाला र गोबरचाहिँ छाउनीबाहिर जलाइदिनू। यो पापभेटी* हो।

  • लेवी ४:३, ४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ “‘यदि अभिषिक्‍त पुजारीको+ पापले गर्दा+ सारा इस्राएलीहरू दोषी भए भने तिनले आफूले गरेको पापको निम्ति पापभेटीको* रूपमा यहोवा परमेश्‍वरलाई निष्खोट बहर चढाऊन्‌।+ ४ तिनले त्यो बहर भेट हुने पालको* अगाडि यहोवा परमेश्‍वरसामु ल्याऊन्‌,+ त्यसको टाउकोमा हात राखून्‌ र त्यसलाई यहोवा परमेश्‍वरसामु काटून्‌।+

  • लेवी १६:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ “त्यसपछि हारुनले आफ्नो निम्ति पापभेटीको बहर चढाऊन्‌ अनि आफू+ र आफ्नो घरानाको निम्ति प्रायश्‍चित गरून्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने