-
प्रस्थान २९:२६, २७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ “त्यसपछि हारुनलाई पुजारीको रूपमा नियुक्त गर्दा चढाइएको थुमाको ह्याकुला लिनू+ र त्यसलाई यहोवा परमेश्वरसामु डोलाउनू। यसरी चढाइएको भेटीचाहिँ तिम्रो भाग हुनेछ। २७ हारुन र तिनका छोराहरूलाई पुजारीको रूपमा नियुक्त गर्दा चढाइएको थुमाबाट तिमीले यी भागहरू चोख्याउनू: डोलाउने भेटीको रूपमा चढाइएको ह्याकुला र पवित्र भागको रूपमा चढाइएको खुट्टा।+
-
-
लेवी ७:३४, ३५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३४ इस्राएलीहरूको तर्फबाट डोलाउने भेटीको रूपमा चढाइएको ह्याकुला र मेलबलिको जनावरको पवित्र भाग अर्थात् खुट्टा मेरो हुनेछ अनि म ती थोक पुजारी हारुन र तिनका छोराहरूलाई दिनेछु। तिनीहरूले यो नियम पुस्तौँपुस्तासम्म पालन गरून्।+
३५ “‘यहोवा परमेश्वरको निम्ति आगोमा जलाइने भेटीको यो भाग पुजारीहरू अर्थात् हारुन र तिनका छोराहरूको हो। यहोवा परमेश्वरको सेवा गर्न तिनीहरूलाई पुजारी नियुक्त गरिएकै दिन यो भाग तिनीहरूको निम्ति छुट्ट्याइएको थियो।+
-