प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती ६:२३-२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ “हारुन र तिनका छोराहरूलाई यसो भन, ‘तिमीहरूले इस्राएलीहरूलाई यस्तो आशिष्‌ दिनू:+

      २४ “यहोवा परमेश्‍वरले तिमीहरूलाई आशिष्‌ देऊन्‌+ र तिमीहरूको रक्षा गरून्‌।

      २५ यहोवा परमेश्‍वरको मुहार तिमीहरूमाथि चम्कोस्‌+ र उहाँले तिमीहरूमाथि निगाह देखाऊन्‌।

      २६ यहोवा परमेश्‍वरले आफ्नो मुहार तिमीहरूतर्फ फर्काऊन्‌ र तिमीहरूलाई शान्ति देऊन्‌।”’+

      २७ अनि पुजारीहरूले मेरो नाम लिएर इस्राएलीहरूलाई आशिष्‌ देऊन्‌+ र म ती इस्राएलीहरूलाई आशिष्‌ दिनेछु।”+

  • व्यवस्था १०:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ “त्यतिखेर यहोवा परमेश्‍वरले लेविको कुललाई अलग्गै छुट्ट्याउनुभयो।+ अनि तिनीहरूलाई यहोवाको करारको सन्दुक बोक्ने,+ यहोवासामु उभिएर उहाँको सेवा गर्ने र मानिसहरूलाई उहाँको नाममा आशिष्‌ दिने जिम्मा दिनुभयो।+ तिनीहरूले आजसम्म यही काम गरिरहेका छन्‌।

  • व्यवस्था २१:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ “तब लेवी पुजारीहरू त्यहाँ आऊन्‌ किनभने यहोवा तिमीहरूका परमेश्‍वरले तिनीहरूलाई उहाँको सेवा गर्न अनि यहोवा परमेश्‍वरको नाममा आशिष्‌ दिन+ नियुक्‍त गर्नुभएको हो।+ हत्याहिंसा मुछिएको हरप्रकारको मामिला कसरी सुल्झाउने हो, त्यसको फैसला पनि तिनीहरूले नै गरून्‌।+

  • १ इतिहास २३:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ अम्रामका छोराहरू हारुन+ र मोसा थिए।+ तर हारुन र तिनका छोराहरूलाई महापवित्र कोठालाई पवित्र राख्न, यहोवा परमेश्‍वरसामु बलि चढाउन, उहाँको सेवा गर्न र सधैँ उहाँको नाममा मानिसहरूलाई आशिष्‌ दिन+ सदाको लागि अलग गरिएको थियो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने