प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २९:२६-२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ “त्यसपछि हारुनलाई पुजारीको रूपमा नियुक्‍त गर्दा चढाइएको थुमाको ह्‍याकुला लिनू+ र त्यसलाई यहोवा परमेश्‍वरसामु डोलाउनू। यसरी चढाइएको भेटीचाहिँ तिम्रो भाग हुनेछ। २७ हारुन र तिनका छोराहरूलाई पुजारीको रूपमा नियुक्‍त गर्दा चढाइएको थुमाबाट तिमीले यी भागहरू चोख्याउनू: डोलाउने भेटीको रूपमा चढाइएको ह्‍याकुला र पवित्र भागको रूपमा चढाइएको खुट्टा।+ २८ यी दुवै पवित्र पारिएको भाग भएकोले हारुन र तिनका छोराहरूलाई दिने गर्नू। यो नियम इस्राएलीहरूले सधैँ पालन गरून्‌।+ इस्राएलीहरूले मेलबलि चढाउँदा यी भागहरू हारुन र तिनका छोराहरूलाई दिनु भनेको यहोवा परमेश्‍वरलाई दिनुसरह हो।+

  • लेवी ७:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ पुजारीले बोसोजति वेदीमा जलाऊन्‌+ तर ह्‍याकुलाचाहिँ हारुन र तिनका छोराहरूको हुनेछ।+

  • लेवी ७:३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ इस्राएलीहरूको तर्फबाट डोलाउने भेटीको रूपमा चढाइएको ह्‍याकुला र मेलबलिको जनावरको पवित्र भाग अर्थात्‌ खुट्टा मेरो हुनेछ अनि म ती थोक पुजारी हारुन र तिनका छोराहरूलाई दिनेछु। तिनीहरूले यो नियम पुस्तौँपुस्तासम्म पालन गरून्‌।+

  • लेवी ९:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ अनि उनले ह्‍याकुला र दाहिने खुट्टालाई चाहिँ मोसाले आज्ञा गरेबमोजिमै डोलाउने भेटीको रूपमा यहोवा परमेश्‍वरसामु डोलाए।*+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने