७ तब यहोवा परमेश्वर अब्रामकहाँ देखा पर्नुभयो र भन्नुभयो: “म तिम्रो सन्तानलाई*+ यो ठाउँ दिनेछु।”+ त्यहाँ अब्रामले आफूकहाँ देखा पर्नुभएको यहोवा परमेश्वरको लागि एउटा वेदी बनाए।
३१ यहोवा तिमीहरूका परमेश्वर कृपालु हुनुहुन्छ।+ उहाँले तिमीहरूलाई कहिल्यै त्याग्नुहुनेछैन, तिमीहरूको अस्तित्व मेटिन दिनुहुनेछैन अनि तिमीहरूका पितापुर्खासित जुन करार बाँध्नुभएको थियो, त्यसलाई बिर्सनुहुनेछैन।+