३१ यहोवा तिमीहरूका परमेश्वर कृपालु हुनुहुन्छ।+ उहाँले तिमीहरूलाई कहिल्यै त्याग्नुहुनेछैन, तिमीहरूको अस्तित्व मेटिन दिनुहुनेछैन अनि तिमीहरूका पितापुर्खासित जुन करार बाँध्नुभएको थियो, त्यसलाई बिर्सनुहुनेछैन।+
२३ तर यहोवा परमेश्वरले अब्राहाम,+ इसहाक+ र याकुबसित+ गरेको करारको खातिर इस्राएलीहरूमाथि दया देखाउनुभयो+ र तिनीहरूको ख्याल राख्नुभयो। उहाँले तिनीहरूको विनाश गर्न चाहनुभएन। आजसम्म पनि उहाँले तिनीहरूलाई आफ्नो नजरबाट हटाउनुभएको छैन।