-
लेवी २३:२७-३१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ “तर सातौँ महिनाको दसौँ दिन भने प्रायश्चितको दिन* हो।+ यो दिन तिमीहरूले पवित्र सभा राख्नू र आफूले गरेको पापको लागि दुःख मनाउनू*+ अनि यहोवा परमेश्वरको निम्ति आगोमा जलाइने भेटी चढाउनू। २८ यो दिन तिमीहरूले कुनै काम नगर्नू किनकि यो यहोवा परमेश्वरसामु तिमीहरूको पापको क्षमा माग्ने प्रायश्चितको दिन हो।+ २९ यो दिन जसले आफ्नो पापको लागि दुःख मनाउँदैन,* उसलाई मानिसहरूको समुदायबाट हटाइयोस्।*+ ३० अनि यो दिन जसले कुनै काम गर्छ, उसलाई म नाश गर्नेछु। ३१ यो दिन तिमीहरूले कुनै काम नगर्नू। जहाँ बसे पनि तिमीहरूले यो नियम पुस्तौँपुस्तासम्म पालन गर्नू।
-