१४ “‘तथापि तिमीविरुद्ध मसित केही कुरा छ। तिमीमाझ यस्ता मानिसहरू छन्, जो बालामको शिक्षाअनुसार चल्छन्।+ इस्राएलीहरूले मूर्तिलाई बलि चढाइएका थोकहरू खाऊन् र अवैध यौनसम्बन्ध राखून् भनेर तिनीहरूको अगाडि ठेस खाने ढुङ्गा राख्न तिनै बालामले बालाकलाई+ सिकाएका थिए।+