-
प्रस्थान ३७:२५, २६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ अनि तिनले धूप बाल्न एउटा वेदी बनाए;+ त्यो वेदी बबुल काठको थियो। त्यो चारकुने थियो; त्यसको लम्बाइ एक हात, चौडाइ एक हात अनि उचाइचाहिँ दुई हात थियो। वेदीकै भागको रूपमा त्यसका सिङहरू त्यसका चार कुनाबाट उठाइएका थिए।+ २६ तिनले पूरै वेदीलाई अर्थात् यसको माथिल्लो भाग, चारैतिरको पाटा अनि सिङहरूलाई निखुर सुनले मोहोरे। तिनले वेदीको चारैतिर सुनको बिट* पनि बनाए।
-