प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १७:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ अनि मोसाले यहोसुलाई भने:+ “केही मानिसहरू छान र अमालेकीहरूसित लड्‌न जाऊ। मचाहिँ साँचो परमेश्‍वरले मलाई आफूसँगै लैजाऊ भन्‍नुभएको लौरो लिएर भोलि पहाडको टाकुरामा उभिनेछु।”

  • प्रस्थान २४:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ अनि मोसा र तिनका सेवक यहोसु त्यहाँबाट हिँडे;+ मोसाचाहिँ साँचो परमेश्‍वरको डाँडासम्मै गए।+

  • प्रस्थान ३३:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ मानिसहरू आपसमा कुरा गरेझैँ यहोवा परमेश्‍वर मोसासित आमनेसामने कुरा गर्नुहुन्थ्यो।+ परमेश्‍वरसित कुरा गरेर मोसा छाउनीभित्र पस्दा तिनका सेवक+ अर्थात्‌ नुनका छोरा यहोसुचाहिँ+ मोसा नफर्केसम्म भेट हुने पालको प्रवेशद्वारमै उभिरहन्थे।

  • गन्ती २७:१८-२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ त्यसैले यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “नुनको छोरा यहोसुलाई लगेर तिनीमाथि आफ्नो हात राख्नू। किनभने तिनी असल मनोभाव भएका मानिस हुन्‌।+ १९ तिनलाई पुजारी एलियाजार र सारा समुदायसामु उभ्याउनू अनि सबैको अघि अगुवा नियुक्‍त गर्नू।+ २० सारा इस्राएलीले तिनको कुरा सुनून्‌+ भनेर तिमीले तिनलाई आफ्नो केही अधिकार* सुम्पनू।+

  • व्यवस्था ३१:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ यहोवा तिमीहरूका परमेश्‍वर नै तिमीहरूभन्दा अघिअघि यर्दनपारि जानुहुनेछ र तिमीहरूकै सामने उहाँले ती जातिहरूलाई नाश गर्नुहुनेछ अनि तिमीहरूले तिनीहरूको देश कब्जा गर्नेछौ।+ यहोवा परमेश्‍वरले भन्‍नुभएझैँ यहोसुले तिमीहरूलाई डोऱ्‍याउनेछन्‌ र यर्दनपारि लैजानेछन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने