२३ धेरै वर्ष बितेपछि मिश्रका राजाको मृत्यु भयो+ तर इस्राएलीहरू अझै दासत्वबाट मुक्त भएका थिएनन्। त्यसैले तिनीहरूले सुस्केरा हाल्दै बिन्ती गरिरहे। अनि तिनीहरूको सुस्केरा साँचो परमेश्वरकहाँ पुग्यो।+
७ त्यसपछि यहोवा परमेश्वरले भन्नुभयो: “मिश्रमा मेरो प्रजाको दुःख मैले देखेको छु। मिश्रीहरूको थिचोमिचोमा परेका मेरो प्रजाको चीत्कार मैले सुनेको छु। तिनीहरूले भोगिरहेको पीडा मलाई राम्ररी थाह छ।+