-
व्यवस्था ८:१२-१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ जब तिमीहरू खाएर सन्तुष्ट हुनेछौ अनि राम्रा-राम्रा घरहरू बनाएर बस्नेछौ,+ १३ तिमीहरूका भेडाबाख्रा र गाईवस्तु धेरै हुनेछन्, सुनचाँदी प्रशस्तै हुनेछन् अनि सबै थोक छेलोखेलो हुनेछ, १४ तब तिमीहरू घमन्डले नफुल्नू+ अनि यहोवा तिमीहरूका परमेश्वरलाई नभुल्नू। किनभने उहाँले तिमीहरूलाई दासत्वको घर—मिश्रबाट छुटाएर ल्याउनुभयो।+
-
-
व्यवस्था २९:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ यहोवा परमेश्वरले मोआब देशमा इस्राएलीहरूसित करार गर्नुभयो। उहाँले इस्राएलीहरूसित करार गर्नुहुँदा मोसालाई आज्ञा गर्नुभएका कुराहरू यी नै हुन्। उहाँले यसअघि होरेब डाँडामा पनि इस्राएलीहरूसित करार गर्नुभएको थियो।+
-