८ म तिनीहरूलाई मिश्रीहरूको हातबाट छुटाएर+ कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी अनि यबुसीहरूको देशमा पुऱ्याउन तल ओर्लनेछु।+ त्यो देश राम्रो र ठूलो छ अनि त्यहाँ दूध र मह बग्छ।+
७ अब तिमीहरू यहाँबाट एमोरीहरूको पहाडी इलाकातिर+ जाओ अनि त्यससँगसँगै रहेका कनानीहरूका यी इलाकामा पनि जानू: अराबाह,+ पहाडी इलाका, सेफेलाह, नेगेब अनि समुद्रनजिकैको इलाका।+ तिमीहरू लेबनान*+ र महानदी युफ्रेटिससम्मै पुग्नू।+
११ तर तिमीहरूले अधिकार गर्न जान लागेको यर्दनपारिको देशमा पहाडहरू अनि बेँसीहरू छन्।+ आकाशबाट परेको पानीले त्यहाँको जमिन भिजाउँछ।+१२ यहोवा तिमीहरूका परमेश्वरले नै त्यस देशको रेखदेख गर्नुहुन्छ। वर्षको सुरुदेखि अन्तसम्म निरन्तर यहोवा परमेश्वरको नजर त्यस देशमा रहन्छ।