-
प्रस्थान ३३:१, २पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३३ त्यसपछि यहोवा परमेश्वरले मोसालाई यसो भन्नुभयो: “तिमीले मिश्रबाट छुटाएर ल्याएका मानिसहरूलाई लिएर यहाँबाट जाऊ। तिमीहरू त्यस देशमा जाओ, जुन देश ‘तिमीहरूको सन्तानलाई दिनेछु’ भनेर मैले अब्राहाम, इसहाक र याकुबसित शपथ खाएको थिएँ।+ २ म तिमीहरूको अघिअघि स्वर्गदूत पठाउनेछु+ र कनानी, एमोरी, हित्ती, परिज्जी, हिव्वी र यबुसीहरूलाई त्यहाँबाट धपाउनेछु।+
-
-
व्यवस्था ७:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ “जब यहोवा तिमीहरूका परमेश्वरले तिमीहरू अधिकार गर्न जान लागेको देशमा तिमीहरूलाई पुऱ्याउनुहुनेछ,+ तब उहाँले त्यहाँ भएका यी ठूलठूला जातिहरूलाई पनि तिमीहरूको सामनेबाट धपाइदिनुहुनेछ:+ हित्ती, गिर्गासी, एमोरी,+ कनानी, परिज्जी, हिव्वी र यबुसी।+ यी सात जाति सङ्ख्यामा तिमीहरूभन्दा धेरै छन् र शक्तिशाली पनि छन्।+
-
-
नहेम्याह ९:७, ८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ तपाईँ नै साँचो परमेश्वर यहोवा हुनुहुन्छ। तपाईँले अब्रामलाई रोज्नुभयो+ र तिनलाई कल्दियालीहरूको सहर उरबाट बाहिर ल्याउनुभयो।+ अनि तिनलाई अब्राहाम भन्ने नाम दिनुभयो।+ ८ तपाईँले तिनी हृदयदेखि नै विश्वासयोग्य भएको देख्नुभयो।+ त्यसैले तपाईँले तिनी र तिनको सन्तानलाई कनानी, हित्ती, एमोरी, परिज्जी, यबुसी र गिर्गासीहरूको देश दिने करार गर्नुभयो।+ अनि तपाईँले आफ्नो प्रतिज्ञा पूरा गर्नुभयो किनकि तपाईँ न्यायी हुनुहुन्छ।
-