प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १५:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ त्यसपछि अब्रामले एउटा दर्शनमा* यहोवा परमेश्‍वरको यस्तो वचन सुने: “अब्राम, नडराऊ।+ म तिम्रो ढाल हुनेछु।+ तिमीले ठूलो इनाम पाउनेछौ।”+

  • उत्पत्ति १५:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ उहाँले तिनलाई बाहिर लैजानुभयो र आग्रह गर्नुभयो: “आकाशतिर हेर! अनि सक्छौ भने ताराहरू गन!” त्यसपछि उहाँले तिनलाई भन्‍नुभयो: “तिम्रा सन्तान पनि आकाशका ताराजत्तिकै असङ्‌ख्य हुनेछन्‌।”+

  • प्रस्थान ३२:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ आफ्ना सेवकहरू अब्राहाम, इसहाक र इस्राएललाई सम्झनुहोस्‌, जससित तपाईँले यस्तो शपथ खानुभएको थियो: ‘म तिम्रा सन्तानलाई आकाशका ताराजत्तिकै बढाउनेछु।+ अनि मैले तिनीहरूको निम्ति तयार पारेको यो देश म तिनीहरूलाई दिनेछु र तिनीहरूले त्यहाँ अनन्तसम्म अधिकार गर्नेछन्‌।’”+

  • गन्ती २६:५१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५१ इस्राएलीहरूमाझ नाम दर्ता हुनेहरूको जम्मा सङ्‌ख्या ६ लाख १ हजार ७ सय ३० थियो।+

  • व्यवस्था १०:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ तिमीहरूका पुर्खाहरू मिश्रमा जाँदा ७० जना मात्र थिए।+ तर अहिले यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आकाशका ताराजत्तिकै असङ्‌ख्य बनाउनुभएको छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने