५ यदि तिमीहरूले मैले भनेको सबै कुरा मान्यौ र मेरो करारअनुसार चल्यौ भने सबै जातिमध्ये तिमीहरू मेरो विशेष सम्पत्ति* हुनेछौ+ किनकि सारा पृथ्वी मेरै हो।+६ तिमीहरू मेरो लागि पुजारीहरूको राज्य र पवित्र जाति हुनेछौ।’+ तिमीले इस्राएलीहरूलाई भन्नुपर्ने कुरा यी नै हुन्।”
२ किनभने तिमीहरू यहोवा परमेश्वरको निम्ति एक पवित्र जाति हौ।+ यहोवा तिमीहरूका परमेश्वरले पृथ्वीका सबै जातिमध्ये आफ्नो प्रजा र आफ्नो विशेष* सम्पत्ति बनाउन तिमीहरूलाई रोज्नुभएको छ।+