२४ तिनीहरूका देवीदेवतालाई नढोग्नू वा अरूको लहलहैमा लागेर त्यसलाई नपुज्नू; तिनीहरूको रीतिथिति नमान्नू।+ बरु तिनीहरूको मूर्तिहरू नाश गर्नू र तिनीहरूका पवित्र थामहरू* भत्काइदिनू।+
२६“‘तिमीहरू बस्ने देशमा व्यर्थका देवताहरू नबनाउनू+ र आफ्नो लागि मूर्ति वा पवित्र थाम* नठड्याउनू।+ अनि तिमीहरूले त्यहाँ ढुङ्गामा कुनै आकृति खोपेर+ त्यसलाई दण्डवत् नगर्नू+ किनकि म तिमीहरूका परमेश्वर यहोवा हुँ।
३ तिमीहरूले तिनीहरूका वेदीहरू भत्काउनू, पवित्र थामहरू* ढाल्नू,+ पवित्र खामाहरू* जलाउनू र तिनीहरूका देवताका मूर्तिहरू टुक्राटुक्रा पार्नू।+ यसरी तिमीहरूले त्यहाँबाट अरू देवताहरूको नामोनिसानै मेटिदिनू।+