-
प्रस्थान १७:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ अनि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “म यस धर्तीबाट अमालेकीहरूको नामोनिसान मेटाउनेछु। यो कुरा कहिल्यै नबिर्सन त्यसलाई पुस्तकमा लेखिराख अनि यहोसुलाई पनि सुनाइदेऊ।”+
-
-
१ समुएल १४:४७, ४८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४७ साउलले इस्राएलीहरूको सबै इलाकामाथि आफ्नो शासन मजबुत पारे; तिनले वरपरका सबै शत्रु अर्थात् मोआबीहरू,+ अम्मोनीहरू,+ एदोमीहरू,+ जोबाहका राजाहरू+ र पलिस्तियालीहरूसित+ लडाइँ गरे। तिनी जहाँ-जहाँ गए, त्यहाँ-त्यहाँका सबै शत्रुलाई हराए। ४८ तिनले साहसी भएर अमालेकीहरूसित+ लडाइँ गरे र तिनीहरूलाई जिते। तिनले इस्राएलीहरूलाई शत्रुहरूको हातबाट जोगाए।
-
-
१ समुएल १५:१-३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ अनि समुएलले साउललाई भने: “आफ्ना प्रजा इस्राएलीहरूमाथि तपाईँलाई राजा अभिषेक गर्न यहोवा परमेश्वरले मलाई तपाईँकहाँ पठाउनुभएको थियो।+ यहोवा परमेश्वर के भन्नुहुन्छ, अब सुन्नुहोस्।+ २ सेनाहरूका यहोवा यसो भन्नुहुन्छ: ‘इस्राएलीहरू मिश्रबाट निस्केर आउँदा अमालेकीहरूले तिनीहरूलाई बाटोमा रोक्न खोजेका थिए; त्यसैले म उनीहरूलाई सजाय दिनेछु।+ ३ अब जाऊ, अमालेकीहरूलाई आक्रमण गर+ अनि उनीहरूसित भएका सबै थोक नाश गर।+ उनीहरूका कुनै पनि कुरा बाँकी नछोड्नू;* उनीहरू र उनीहरूसित भएका कसैलाई पनि जिउँदै नछोड्नू।+ पुरुष होस् या स्त्री, केटाकेटी होस् या दूधे बालक, बहर होस् या भेडा, उँट होस् या गधा सबैलाई मार्नू।’”+
-