प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २८:४५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४५ “तिमीहरूले यहोवा परमेश्‍वरको आज्ञा पालन नगरेर अनि उहाँको नियमअनुसार नचलेर उहाँको कुरा सुनेनौ भने यी सबै सराप+ तिमीहरूमाथि निश्‍चय नै आइपर्नेछ र तिमीहरूको नामोनिसान नमेटिउन्जेल त्यसले तिमीहरूलाई छोड्‌नेछैन।+

  • व्यवस्था २८:६३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६३ “जसरी यहोवा परमेश्‍वर तिमीहरूको वृद्धि गराउँदा र फलिफाप गराउँदा खुसी हुनुभएको थियो, त्यसरी नै तिमीहरूलाई नाश गर्दा र तिमीहरूको नामोनिसान मेटाउँदा पनि यहोवा परमेश्‍वर खुसी हुनुहुनेछ। तिमीहरू जुन देश अधिकार गर्न गइरहेका छौ, त्यहाँबाट उहाँले तिमीहरूलाई उखेलिदिनुहुनेछ।

  • १ राजा १४:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ यहोवा परमेश्‍वरले इस्राएललाई प्रहार गर्नुहुनेछ र त्यसको हालत पानीमा यताउता हल्लिरहने नर्कटको जस्तै हुनेछ। उहाँले इस्राएलीहरूका पितापुर्खालाई दिनुभएको यो सुन्दर भूमिबाट तिनीहरूलाई जरैसमेत उखेल्नुहुनेछ।+ अनि उहाँले तिनीहरूलाई युफ्रेटिस नदीको पारिपट्टिसम्मै तितरबितर पार्नुहुनेछ+ किनकि तिनीहरूले आफ्नो निम्ति पवित्र खामाहरू* बनाएर+ यहोवा परमेश्‍वरलाई रिस उठाएका छन्‌।

  • २ राजा १७:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ त्यसैले यहोवा परमेश्‍वर इस्राएलीहरूसित क्रोधित हुनुभयो र तिनीहरूलाई आफ्नो सामनेबाट हटाइदिनुभयो।+ उहाँले यहुदाको कुललाई बाहेक अरू सबैलाई धपाउनुभयो।

  • लुका २१:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ तिनीहरू तरबारले मारिनेछन्‌ र सबै राष्ट्रमा बन्दी बनाएर लगिनेछन्‌।+ अनि राष्ट्रहरूलाई* दिइएको समय पूरा नभएसम्म ती राष्ट्रहरूले यरुसलेमलाई कुल्चीमिल्ची गर्नेछन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने