प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ८:७-९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ किनभने यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई असल देशमा लैजाँदै हुनुहुन्छ,+ जहाँ पहाड र बेँसी हुँदो खोलानाला बग्छ र पानीको मूल पनि प्रशस्तै छ, ८ जहाँ गहुँ, जौ, अङ्‌गुरको बगान, अन्जिरका रूखहरू अनि अनारका बोटहरू छन्‌+ अनि जुन देश जैतुनको तेल र महले भरिएको छ।+ ९ तिमीहरूलाई त्यहाँ खानेकुराको कमी हुनेछैन र केही कुराको अभाव हुनेछैन। त्यहाँका ढुङ्‌गाहरूमा तिमीहरूले फलाम भेट्टाउनेछौ र पहाडहरूबाट तामा निकाल्नेछौ।

  • व्यवस्था २९:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ त्यसैले डरलाग्दो रिस र ठूलो क्रोधका साथ यहोवा परमेश्‍वरले तिनीहरूलाई आफ्नो देशबाट उखेलेर अर्को देशमा हुर्ऱ्याइदिनुभयो,+ जहाँ तिनीहरू आजसम्म पनि बसोबास गर्दै छन्‌।’+

  • यहोसु २३:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ जसरी यहोवा परमेश्‍वरले तिमीहरूलाई जे-जति असल थोक दिन्छु भनेर प्रतिज्ञा गर्नुभएको थियो र त्यो पूरा गर्नुभयो,+ त्यसरी नै यहोवा परमेश्‍वरले तिमीहरूमाथि जे-जस्ता विपत्ति आउनेछन्‌ भनेर बताउनुभएको थियो, ती पनि पूरा हुनेछन्‌। अनि यहोवा तिमीहरूका परमेश्‍वरले दिनुभएको यस असल देशबाट उहाँले तिमीहरूको नामोनिसान मेटाउनुहुनेछ।+

  • २ राजा १७:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ होसियाको शासनकालको नवौँ वर्षमा अस्सेरियाका राजाले सामरियालाई+ कब्जा गरे। त्यसपछि उनले इस्राएलीहरूलाई बन्दी बनाएर अस्सेरिया लगे+ अनि तिनीहरूलाई हलहमा, गोजान+ नदीनजिकै पर्ने हबोरमा र मादीहरूका सहरहरूमा राखे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने