प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २०:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ तिमीहरूले तिनीहरूलाई नढोग्नू वा अरूको लहलहैमा लागेर तिनीहरूलाई नपुज्नू+ किनकि म यहोवा तिमीहरूका परमेश्‍वर मबाहेक अरू कसैको भक्‍ति गरिएको सहँदिनँ।+ जसले मलाई घृणा गर्छ, त्यसले गरेको गल्तीको सजाय म त्यसका छोराहरू, नातिहरू र पनातिहरूलाई समेत दिनेछु।

  • यहोसु २४:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ तर तिमीहरू यहोवा परमेश्‍वरको उपासना गर्न चाहँदैनौ भने कसको उपासना गर्न चाहन्छौ, आजै रोज:+ तिमीहरूका पुर्खाले युफ्रेटिस नदीपारि पुजेका देवताहरूको+ कि अहिले तिमीहरू बसोबास गरिरहेको एमोरीहरूको इलाकाका देवताहरूको?+ तर म र मेरो परिवारले भने यहोवा परमेश्‍वरकै उपासना गर्नेछौँ।”

  • १ समुएल ७:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ त्यसपछि समुएलले इस्राएलका सबै घरानालाई भने: “यदि तिमीहरू मनैदेखि यहोवा परमेश्‍वरतर्फ फर्कन चाहन्छौ भने+ तिमीहरूबीच भएका अरू देवताहरू+ र अस्तोरेथका मूर्तिहरू+ फ्याँकिदेओ; तिमीहरूको पूरा हृदय यहोवा परमेश्‍वरतर्फ लगाओ, उहाँको मात्र सेवा गर।+ अनि उहाँले तिमीहरूलाई पलिस्तियालीहरूको हातबाट जोगाउनुहुनेछ।”+

  • भजन १००:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ यहोवा नै परमेश्‍वर हुनुहुन्छ भनी जान।*+

      उहाँले नै हामीलाई सृष्टि गर्नुभएको हो र हामी उहाँकै हौँ।*+

      हामी उहाँका मानिसहरू हौँ, उहाँको खर्कका भेडाहरू हौँ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने