प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती १:५१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५१ वासस्थानलाई अर्को ठाउँमा लैजानुपर्दा त्यसलाई खोलखाल गर्ने काम लेवीहरूले गरून्‌।+ अनि वासस्थान फेरि जोडजाड गर्ने काम पनि लेवीहरूले नै गरून्‌। तिनीहरूबाहेक अधिकार नभएको कुनै मानिस* वासस्थानको नजिक आएमा ऊ मारियोस्‌।+

  • गन्ती १८:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ पुजारीको रूपमा वेदी र पर्दाभित्र* गरिने सबै काम सम्हाल्ने जिम्मा तिमी र तिम्रा छोराहरूकै हो+ र तिमीहरूले ती सबै जिम्मेवारी पूरा गर्नू।+ मैले तिमीहरूलाई उपहारस्वरूप पुजारीको काम सुम्पेको छु। लेवीहरूबाहेक अरू कोही मानिस पवित्र स्थानको नजिक आएमा ऊ मारियोस्‌।”+

  • २ इतिहास २६:१८, १९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ उनीहरूले राजा उज्जियाहलाई रोके र यसो भने: “हे उज्जियाह, यहोवाको निम्ति तपाईँले धूप बाल्नु सही होइन।+ धूप बाल्ने काम पुजारीहरूको मात्र हो किनकि उनीहरू हारुनका सन्तान हुन्‌+ र उनीहरूलाई पवित्र पारिएको छ। यो पवित्र स्थानबाट* बाहिर जानुहोस्‌ किनकि तपाईँले परमेश्‍वरलाई विश्‍वासघात गर्नुभयो। यस कामको निम्ति तपाईँले यहोवा परमेश्‍वरबाट कुनै सम्मान पाउनुहुनेछैन।”

      १९ तर उज्जियाह, जसले धूप बाल्नको लागि हातमा धूपदानी लिएका थिए, तिनी रिसले चूर भए।+ तिनी पुजारीहरूसित रिसाइरहेकै बेला तिनको निधारमा कुष्ठरोग निस्कियो।+ त्यतिबेला पुजारीहरू यहोवा परमेश्‍वरको भवनमा धूप बाल्ने वेदीनजिकै उभिरहेका थिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने