१४ राजा आर्टजारसेजले+ आफ्नो शासनकालको २० औँ वर्षमा+ मलाई यहुदाको इलाकाका राज्यपाल नियुक्त गर्नुभएको थियो+ र उहाँको शासनकालको ३२ औँ वर्षसम्म म यहुदाको राज्यपाल भइरहेँ।+ तर यी १२ वर्षसम्म म र मेरा दाजुभाइले खानेकुराको भत्ता मागेनौँ, जुन एक राज्यपालको हक थियो।+