१६ साथै तिमीहरूले आफ्नो परिश्रमको फल अर्थात् आफ्नो उब्जनीको पहिलो फल चढाएर कटनीको चाड* मनाउनू+ अनि वर्षको अन्तमा आफ्नो परिश्रमको फल बटुल्दा बाली भित्र्याउने चाड* मनाउनू।+
१० “साथै तिमीहरूले रमाहट गर्ने समयमा+ अर्थात् चाडपर्वमा+ र हरेक महिनाको सुरुमा जब तिमीहरू अग्निभेटी+ र मेलबलि+ चढाउँछौ, त्यतिखेर बिगुल फुक्नू। यसो गर्दा परमेश्वरले तिमीहरूलाई सम्झनुहुनेछ। म तिमीहरूका परमेश्वर यहोवा हुँ।”+