८ यहोवा यसो भन्नुहुन्छ:
“निगाहको समयमा मैले तिमीलाई जवाफ दिएँ,+
उद्धारको समयमा मैले तिमीलाई मदत गरेँ।+
तिमीलाई म र मानिसहरूबीचको करार ठहराउन मैले तिम्रो रक्षा गरिरहेँ;+
देशमा मानिसहरूलाई फेरि बसाल्न
र उजाड भएर बसेको तिनीहरूको पुर्ख्यौली जमिन तिनीहरूलाई फिर्ता दिन मैले त्यसो गरेँ।+
९ कैदीहरूलाई ‘निस्केर आओ!’+
र अन्धकारमा हुनेहरूलाई+ ‘उज्यालोमा आओ!’ भन्न मैले त्यसो गरेँ।
तिनीहरूले बाटोको छेउमा खानेछन्,
मानिसहरू आवतजावत गर्ने ठाउँहरूमा तिनीहरूले आफ्नो पेट भर्नेछन्।